काठमाडौंका गाडीलाई आजबाट ४ दिन जोर–बिजोर, हेर्नुहोस: कुनको पालो कहिले ?

२०७५ मंसिर १३, बिहीबार ११:४५ गते २०७५ मंसिर १३, बिहीबार ११:४५ गते २०७५ मंसिर १३, बिहीबार ११:४५ गते

काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा बिहीबारदेखि ४ दिन जोर-बिजोर प्रणाली लागू गरेको छ।

आज बिजोर नम्बर भएका मोटरसाइकल तथा गाडीहरु सडकमा गुडेका छन्।सवारी कम चल्दा सार्वजनिक यातायातका साधनमा यात्रुको भीड छ।

काठमाडौंको होटल ह्यात रिजेन्सीमा मंसिर १४ देखि १६ गतेसम्म संचालन हुने एसिया प्यासिफिक समिट व्यवस्थित गर्ने नाममा जोर-बिजोर प्रणाली लागू गरिएको हो।

समिटमा विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने कार्यक्रम छ। गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले यही मङ्सिर १३ देखि १६ गतेसम्म जोर- बिजोर प्रणाली लागू गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर १३ र १५ गते बिजोर र मङ्सिर १४ तथा १६ गते जोर अङ्कका सवारीसाधन सञ्चालन गर्न पाइनेछ।

-अन्नपुर्न पोस्ट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *