फेरी मेयरलाई ७० लाखको गाडी !

२०७५ मंसिर १३, बिहीबार ११:५७ गते २०७५ मंसिर १३, बिहीबार ११:५७ गते २०७५ मंसिर १३, बिहीबार ११:५७ गते

दमक — आगोले जलेर शिवसताक्षी नगरपालिका ७ लालझोताडमा आईतबार राति परिवारका चारै जनाको मृत्यु भयो ।
घटनापछि स्थानीयवासी नगरपालिकाप्रति आक्रोशित देखिए ।

उनीहरुले मेयर ७० लाखको गाडी चढ्ने तर एउटा दमकल किन्न नसक्ने भन्दै सार्वजनिक आलोचना गरे ।
मेयर चन्द्रकुमार शेर्मा यही बर्ष किनेको ७० लाखको इसुजु डिम्याक्समा हुईँकिन्छन् । । उपमेयर भोजकुमारी नेपाल टाटासुमो चढ्छिन् ।

नगरपालिकाका जनप्रतिनिधिले एउटा रोलर, ट्रलीसहितको ट्रयाक्टर, एक टोयोटा गाडी, एक टाटासुमो, १९ मोटरसाईकल र एउटा स्कुखर खरिद गरेका छन् । लालझोडाका मुक्तिनाथ दाहालले दमकल नभएकै कारण लक्ष्मण खनालको परिवारलाई बचाउन नसकिएके बताए ।, आजको कान्तिपुरमा यो खबर छ ।

साभार-रातो पाटि 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *