ढाँटे मन्त्री पण्डितले

२०७५ मंसिर १३, बिहीबार १२:०२ गते २०७५ मंसिर १३, बिहीबार १२:०२ गते २०७५ मंसिर १३, बिहीबार १२:०२ गते

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राज्य व्यवस्था समितिलाई ढाँटेका छन् । कर्मचारी समायोजनसम्बन्धि अध्यादेशबारे छलफल गर्न समितिले पण्डितलाई बुधबार २ बजे समितिको सिंहदरबारस्थित बैठक कक्षमा आमन्त्रण गरेको थियो। तर, अन्तिम समयमा आफू बिरामी भएको भन्दै बैठकमा सहभागी हुन नसकेको सचिव दिनेश थपलियामार्फत् जानकारी गराएका थिए।

तर, त्यही समयमा मन्त्री पण्डित भने कार्यकर्ता र अन्य व्यक्तिहरुसँग मन्त्रालयमै छलफलमा व्यस्त थिए। मन्त्रीका स्वकीय सचिव मनोज राईले मन्त्री व्यस्त भएकाले समितिको बैठकमा नगएको कान्तिपुरलाई बताए।

स्रोतका अनुसार मन्त्री पण्डित समितिको बैठकमा आलोचना हुने डरले बैठकमानगएका हुन् । अहिले पनि समितिको बैठक चलिरहेको छ। उक्त बैठकमा सचिव थपलियाले मन्त्री बिरामी भएकाले आफूलाई छलफलमा सहभागी हुन पठाएको समितिसमक्ष बताए।

सचिवले मन्त्री बिरामी परेको खबर सुनाए लगत्तै नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले ‘बिरामी भएर आउन नसकेको त भन्नुभयो भरे फेरी टिभीमा भाषण गरेको समाचार आउला नि’ भन्दै व्यंग्य गरे।

समितिकी सभापति शशि श्रेष्ठले मन्त्रीसँग धेरै पटक छलफल गरेर आजको बैठक तय गरिए पनि अन्तिममा मन्त्री सहभागी नहुँदा दु:ख लागेको बताइन्।

कांग्रेस सांसद अमरेशकुमार सिंह बैठकमा मन्त्री सहभागी नभएपछि सचिवमाथि खनिए। सिंहले प्रश्न गरे, ‘अध्यादेशको मस्यौदा पनि दिइएको छैन, केही जानकारी पनि छैन के हामीले सचिवको अनुहार हेरेर छलफल गर्ने? बैठक सिंहदरबारमा जारी छ।
कान्तिपुरबाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *