निःसन्तान हुँदाको पीडा बुझिन् अभिनेत्री नम्रताले

२०७५ मंसिर १३, बिहीबार १२:२९ गते २०७५ मंसिर १३, बिहीबार १२:२९ गते २०७५ मंसिर १३, बिहीबार १२:२९ गते

काठमाडौं। अभिनेत्री नम्रता श्रेष्ठले सन्तान नहुनुको पीडालाई आफूले यसपटक राम्ररी बुझ्ने अवसर पाएको बताएकी छन् । उनी अविवाहित नारी हुन् । तर, आफूले चलचित्र ‘प्रसाद’मा काम गर्ने क्रममा सन्तानविहीन नारीको पीडालाई नियाल्न पाएको नम्रताको भनाइ छ ।

‘हाम्रो परिवारमा पनि एक जना दिदीले सन्तान दिन नसकेका कारण हामीसँग निकै दुखेसो गर्नुभएको थियो,’ उनले भनिन्, ‘जब मैले चलचित्र प्रसादमा सन्तान जन्माउन नसकेकी दुःखी पत्नीको भूमिका निर्वाह गरें, तब मलाई ती दिदीको पीडा अझ बढी महसुस भयो ।’

आगामी २२ मंसिरबाट रिलिज हुने चलचित्र प्रसादको कथा निःसन्तान दम्पतीको पीडामा आधारित छ । अभिनेत्री नम्रताले विगतका दिनमा सानो संसार, मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिकजस्ता बहुसंख्यक प्रेमकथामा आधारित चलचित्रमा प्रेमिकाको भूमिका निर्वाह गरेकी थिइन् । तर, प्रसादमा उनी विपन्न परिवारकी ग्रामीण दलित निःसन्तान महिलाको भूमिकामा छिन् । उनका पतिका रूपमा विपिन कार्की यो चलचित्रमा प्रस्तुत भएका छन् ।

निःसन्तान हुँदा पत्नीलाई जति पीडा हुन्छ, पतिलाई पनि त्यत्तिकै पीडा हुने महसुस यसपटक आफूले गरेको पनि नम्रताले बताएकी छन् । चलचित्रमा नारायणी पात्रका रूपमा अभिनय गरेकी नम्रताले भनिन्, ‘छोराछोरी भएनन् भने नारीले मात्र पीडा भोग्नुपर्छ पुरुषलाई खासै वास्ता हुन्नजस्तो मलाई लागेको थियो तर सन्तान नहुँदाको पीडा पत्नीलाई जत्तिकै पतिलाई पनि हुने गरेको मलाई यसपटक महसुस भयो ।’

धनाढ्य युवती तथा प्रेमीको वरिपरि घुम्ने भूमिकामा विगतमा आउने गरेकी नम्रताले प्रसादमा निकै गरिब दलित महिलाको भूमिका निर्वाह गर्नुको कारणबारे राजधानीसँग भनिन्, ‘उच्च वर्गका सम्पन्न जीवनलाई नियालेको र भोगेको पनि छु तर गरिबी ग्रामीण जीवनसँगै उनीहरूलाई नजिकबाट नियाल्ने अवसर नपाएकाले यो चलचित्रमा त्यो भूमिका निभाएकी हुँ ।’ आर्थिक रूपमा विपन्न भए पनि उनीहरू सानो कुरामा समेत रमाउने गरेको महसुस आफूलाई चलचित्र प्रसादमार्फत निर्देशक दिनेश राउतले गराएको पनि नम्रताले बताइन् ।

निर्देशक राउतसँग नम्रताले अभिनय गरेको यो चौथो चलचित्र हो । सञ्चारकर्मी सुशील पौडेलले लेखेको प्रसादको ‘स्कृप्ट’ आफूलाई दिनेशले दिएपछि त्यो स्कृप्ट पढेर आफू प्रसाद खेल्न आकर्षित भएको नम्रताले बताइन्, ‘विगतमा मैले काम गरेका चलचित्रको भन्दा प्रसादको कथावस्तु र चरित्र निकै फरक थियो, विपिन कार्की, निश्चल बस्नेतजस्ता अभिनेतासँग समानान्तर रूपमा अभिनय क्षमता देखाउने उपयुक्त अवसर भएकाले पनि मैले चलचित्र प्रसाद रोजेकी हुँ,’ नम्रताले भनिन् । प्रसादलाई नम्रताले आफ्नो कामको नयाँ आयामका रूपमा लिएकी छन् । उनले भनिन्, ‘एउटी प्रेमिकाका रूपमा हाइफाई लाइफ स्टाइलमा आउने नम्रता निःसन्तान पत्नीको भूमिकामा निक्कै साधारण महिलाका रूपमा पनि आउन सक्ने रहिछन् भन्ने यो फिल्मले पुष्टी गरेको छ ।’

यो भूमिका निकै चुनौतीपूर्ण र फरक भएकाले काम गर्दा पनि त्यत्तिकै रमाइलो भएको नम्रताले बताइन् । एउटी दलित महिलाको यो भूमिकाले आफ्नो अभिनय विविधताको क्रम सुरु भएको पनि यी अभिनेत्रीले बताएकी छन् ।

-राजधानी डेली 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *