खानेकुरा जसले मुटुलाई राख्छन् स्वस्थ:अबस्य हेर्नैपर्नी

२०७५ मंसिर १३, बिहीबार १२:५९ गते २०७५ मंसिर १३, बिहीबार १२:५९ गते २०७५ मंसिर १३, बिहीबार १२:५९ गते

मुटु रोगका कारण विश्वमै धेरै मानिसहरूको मृत्यु हुने गर्छ। आफ्नो मुटु स्वस्थ र रोगबाट मुक्त बनाउनका लागि मानिस सावधानीहरू अपनाउन सक्छन्। वार्षिक रूपमा आफ्नो स्वास्थ्यको नियमित जाँच,दैनिक व्यायाम,धूमपान छोड्नु,जीवनमा आइपर्ने तनावलार्इ कम गर्नु इत्यादि। यी सबै कुराहरूले मुटुलार्इ स्वस्थ बनाउन सकारात्मक भूमिका निर्वाह गर्छ। तर, आफ्नो जीवनशैली अन्तर्गत तपार्इँले आफ्नो खाने तरिकामा परिवर्तन गर्नु भयो भने मुटुलार्इ स्वस्थ र सामान्य बनाउन सक्नुहुन्छ। अमेरिकामा करिब ६० लाख मनिसहरु मुटुको समस्याबाट पीडित छन्। तीमध्ये आधा मानिसहरूको मृत्यु उपचार गरेको ५ वर्ष पश्चात् हुने गरेको पाइएको छ। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सीडीसी)ले’फ्याट,कोलेस्ट्रोल वा सोडियम’धेरै भएको खानेकुरा मुटुका लागि हानिकारक हुने बताएको छ। त्यसैले मुटु रोग सम्बन्धी समस्याहरु न्यूनीकरण गर्न सबै भन्दा पहिले’डाइट’ मा ध्यान दिनुपर्छ। उल्लेखित १६ खाद्य वस्तु नियमित र रुटिन मिलाएर खाएमा मुटुलार्इ स्वस्थ बनाउन सहयोग गर्छ
१.एसपारागस’फोलेट’मा पाइने एक प्राकृतिक स्रोत हो ‘एसपारागस’। त्यसले शरीरमा’होमोसिस्टेन’नामक’एमिनो एसिड’फैलनबाट रोक्छ। धेरै’होमोसिस्टेन’का कारण मुटु सम्बन्धी समस्याहरुमा पनि वृद्धि हुने गरेको छ। जस्तै’कोरोनेरी आर्टेरी डिजिज र स्ट्रोक।
२.गेडागुडी र दाल गेडागुडी र दालले लो डेनसिटी लिपोप्रोटिन (एलडीएल) वा ब्याड कोलेस्ट्रोलको मात्रा घटाउँछ। तिनीहरुमा फाइबर,प्रोटिन र एन्टीअक्सिडेन्ट पोलिफेनोलस हुन्छन्,जसले मुटु र सामान्य स्वास्थ्यलार्इ पनि राम्रो गर्छ।
३.बेरीज बेरीजमा पनि धेरै मात्रामा एन्टीअक्सिडेन्ट पोलिफेनोलस रहेको हुन्छ। त्यसले मुटु रोग हुने खतरा घटाउँछ। बेरीजमा फाइबर,आइरन,फोलेट,आइरन,क्यालसियम,भिटामिन ए,भिटामिन सी धेरै हुन्छ र त्यसमा धेरै फ्याट हुँदैन।
४.ब्रोकाउली विभिन्न अनुसन्धानहरूले राम्ररी पकाइएको ब्रोकाउलीले कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै मुटु रोग बाट बचाउँछ।
५.चिया सिड र फ्ल्याक्स सिडयी बिउहरुमा’ओमेगा थ्री फ्याटी एसिड’जस्तै’अल्फा लोनोलेनिक एसिड’प्रचुर मात्रामा रहेको हुन्छ। ओमेगा थ्रीले’ट्रिग्लाइसेराइडस,एलडीएल र कोलेस्ट्रोललार्इ न्यूनीकरण गर्छ। यसले रक्तचापलार्इ पनि घटाउँछ र आर्टेरिजहरुमा’फ्याटी प्लाकुज’ बढ्न रोक्छ। यस्तै हृदयघात हुनसक्ने अवस्था जस्तै थ्रोमबोसिसर अर्थमियस हुने अवस्था रोक्छ।
६.डार्क चकलेट डार्क चकलेटको उचित मात्रामा सेवन गर्नु राम्रो हो। वैज्ञानिकहरूका अनुसार डार्क चकलेटमा ह्दयघात र स्ट्रोक हुनेसक्ने अवस्था सिर्जना गर्न सक्ने र आर्टेरिजमा प्याक्यू बढ्न गइ निर्माण हुने अर्थोसेरोसिससँग लड्न सक्ने क्षमता हुन्छ। डार्क चकलेटले अर्थोसेरोसिसबाट उत्पन्न हुने दुर्इ कुरालार्इ निषेध गर्छ। ती हुन :अर्टेरिजको स्थान परिवर्तन र ‘ह्वाइट ब्ल्ड सेल्स’ टाँसिने काम। ह्वाइट ब्ल्ड सेल्स ब्ल्ड भेसल्समा टाँसिने गर्छ।
७.कफी एक अध्ययनका अनुसार नियमित रूपमा कफी सेवन गर्दा मुटु फेल हुने र स्ट्रोक हुने खतरा कम हुन्छ। विद्युतीय यन्त्रको प्रयोग गरी गरिएको उक्त अनुसन्धानले विभिन्न कारण र त्यसको प्रभावबारे मात्रै अध्ययन गरेकोले यस सम्बन्धी थप अध्ययन आवश्यक रहेको छ।
८.ओमेगा थ्री युक्त माछा माछामा धेरै ओमेगा थ्री फ्याटी एसिड र प्रोटिन रहेको हुन्छ। यस्तै माछामा स्याचुरेटेड फ्याटको पनि कमी हुने भएकोले त्यो मुटुको लागि राम्रो हुन्छ। ओमेगा थ्री फ्याटी एसिड’हुने भएकाले मुटु सम्बन्धी रोग भएका मानिसहरुलार्इ माछा खान सल्लाह दिने गरिन्छ। ‘ओमेगा थ्री फ्याटी एसिड’ले अप्राकृतिक रुपमा मुटुको धड्कन बढने र आर्टेरिजमा प्लाक्युको विकास हुन दिँदैन।
९.ग्रीन टी ग्रीन टीको सेवनले मुटु रोग र स्ट्रोकको मुख्य कारण मानिएको ‘कोरेस्ट्रोल’ केही मात्रामा घट्ने सन् २०११ मा गरिएको एक अध्ययनका क्रममा फेला परेको थियो। तर कति मात्रामा ग्रीन टी सेवन गर्दा स्वस्थ हुन सकिन्छ भनेर त्यो रिपोर्टमा उल्लेख गरिएको छैन। यस्तै, सन् २०१४ मा अर्को एक अध्ययनका लागि उच्च रक्तचाप भएका मानिसहरूमा ग्रीन टीको प्रभावबारे अध्ययन गरिएको थियो। त्यस रिपोर्टमा ग्रीन टीले रक्तचाप घटाउने कुरा पत्ता लगाएको थियो। तर,केही मात्रामा कोरेस्ट्रोल घट्दैमा मुटु रोग नियन्त्रण गर्नै सकिन्छ भन्ने विषयका बारे रिपोर्टमा केही उल्लेख गरिएको थिएन।
१०.बदाम र ओखर बदाम,पिस्टा,ओखरहरु मुटुको स्वास्थ्यका लागि उपयुक्त छन्। तिनीहरुमा धेरै मात्रामा प्रोटिन,फाइबर मिनिरल,भिटामिन र एन्टीअक्सिडेन्ट रहेको हुन्छ। माछा र फ्ल्याक्स सिड जस्तै बदाम र ओखरमा पनि ओमेगा थ्री फ्याटी एसिड रहेको हुन्छ।
११.कलेजो कलेजोको मासुमा धेरै मात्रामा न्युट्रिएन्टसहरु रहेका हुन्छन्। यसका साथै कलेजोमा फोलिक एसिड,आइरन,क्रोमिएम,कप्पर र जींक रहेको हुन्छ। ती पदार्थहरुले रगतमा ‘हेमोग्लोबिन’को मात्रा बढाउँछ र मुटु स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ।
१२.ओटमिल ओटमिल (जौबाट बनेको खाद्यान्न)मा’सोलुबल फाइबर धेरै हुन्छ। त्यसले मुटु रोग लाग्ने सम्भावना कम गर्न सक्छ। सन् २००८ मा गरिएको एक रिभ्युमा जौबाट बनेको खाद्यान्नले कुनै नकारात्मक प्रभाव बिना ‘एलडीएल र कोरेस्ट्रोल’ घटाउने निष्कर्ष निकालेको थियो।
१३.रेड वाइन (केही मात्रा मात्रै) धेरै अध्ययनहरूले रेड वाइनमा रहने ‘एन्टीअक्सिडेन्ट’ले स्वास्थ्यमा सकारात्मक असर गर्ने उल्लेख गरेको छ। तर त्यसको मतलब मादक पदार्थको अत्यधिक सेवन गर्नु राम्रो रहेको भने होइन। बन्द र साँघुरो रहेको रक्त नली ‘एन्जीयोप्लास्टी’गर्दा’अर्थेरोससेल्रोसिस’को उपचार गर्न रेड वाइनमा रहेको ‘एन्टीअक्सिडेन्ट’प्रभावकारी हुने एक अध्ययनले देखाएको छ। त्यसले’एन्जीयो प्लास्टी’का क्रममा धेरै रगत बग्न रोक्छ। तर,मद्यपान मुटुका लागि राम्रो भने होइन। मुटु रोग लागेकाहरूले थोरै मात्रामा मात्रा रेड वाइन सेवन गर्नुपर्छ।
१४.साग ‘म्याग्जेसियम’ हुने विभिन्न खाद्य पदार्थ नियमित रूपमा खाएर स्वास्थ्यलार्इ सन्तुलनमा राख्न सकिन्छ। सागमा धेरै म्याग्नेसियम’रहेकोले यो मुटुका लागि राम्रो हुन्छ।
१५.गोलभेँडा गोलभेँडामा हुने न्युट्रियन्टस’ले मुटुलार्इ स्वास्थ्य बनाउँछ। यसमा प्रचुर मात्रामा फाइबर, पोटमासियम, भिटामिन सी,फोलेट,कोलाइन हुन्छ,जुन मुटुका लागि राम्रो मानिन्छ।त्यसमा रहेको पोटासियमले मांसपेशी र हड्डीहरुलार्इ पोषण दिन्छ। यस्तै पत्थरी हुन रोक्छ। वैज्ञानिकहरूका अनुसार नियमित पोटासियम खाँदा मुटु रोग हुने सम्भावना घट्छ।
१६.सागपात र फलफूल दैनिक रूपमा हामीले ८ वा त्यो भन्दा धेरै फलफूल र सागसब्जी खानुपर्ने विभिन्न अध्ययनहरूको निष्कर्ष छ। तिनीहरूमा’फ्याट’को मात्रा थोरै हुन्छ र फाइबर,मिनिरलर भिटामिनहरु प्रचुर मात्रामा हुन्छ। सन्तुलित मात्रामा सातपात र फलफूल खाएमा शरीरको तौल र रक्तचाप नियन्त्रण गर्न सकिन्छ।
पहिलो पोस्ट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *