पलेँटी कसेर फापरको ढिँडो खान पाइने ठाउँ।

२०७५ मंसिर १४, शुक्रबार १४:५७ गते २०७५ मंसिर १४, शुक्रबार १४:५७ गते २०७५ मंसिर १४, शुक्रबार १४:५७ गते

के तपाईंलाई अग्र्यानिक ढिँडोको स्वाद थाहा छ ? यदि छैन भने परम्परागत नेपाली स्वादको अग्र्यानिक ढिँडो ‘पलेँटी रेस्टरेन्ट’ मा चाख्न पाइन्छ।

काठमाडौंको ठमेलस्थित जेपी स्कल क्षेत्रपाटीको गेटनजिकै रहेको उक्त रेस्टरेन्टमा नामअनसार नै पलेँटी मारेर फापरको ढिँडो खान पाइन्छ। त्यहाँ विदेशी पर्यटकमात्र होइन, नेपालीको पनि घइँचो लाग्छ।

२०७२ सालको विनाशकारी भूकम्पले अन्य क्षेत्रमा जस्तै ट्रेकिङ व्यवसायमा पनि असर गरेपछि व्यवसायी किशनराज गरङलाई नयाँ आइडिया फर्‍यो। आफूले व्यवसाय गरिरहेको ठाउँको समेत सदपयोग गर्ने विचारले उनले रेस्टरेन्ट व्यवसायमा हात हाले। उनलाई एकाएक परम्परागत शैलीको नेपाली स्वाद चखाउने विचार आयो।

पलेँटी रेस्टरेन्टमा हिमाली फापरको ढिँडोलगायत अन्य नेपाली खाना पनि पाइन्छ। काठमाडौं बस्दै आएका मनाङेहरू नियमित ग्राहक हन्। गरङ भन्छन्, ‘मनाङ र गोरखाबाट ल्याइने फापर विशेष तरिकाले धोएर बनाइएको पिठोबाट बनेको परिकार नै हाम्रो विशेषता हो।

पिठो तयार पार्ने प्रविधिका आधारमा पनि हामी अरूभन्दा भिन्न छौं। कसरी अग्र्यानिक स्वाद दिने भन्ने हाम्रो लक्ष्य हो।’ हिमाली गरङहरूले मन पराइदिएकै कारण पनि आफ्नो व्यवसायले सफल हँदै गएको उनको अनभव छ।

पलेँटीमा पाइने चार थरीको स्वादको अचार पनि छट्टै पहिचानको छ। पहिलो, टिम्मर र धनियाँ हालेको गोलभेँडाको अचार, दोस्रो तिलमा साँधेको फ्राई करेलाको अचार, तेस्रो मलाको अचार, चौथो गन्द्रक र भटमास साँधेको अचार।’ गरङले भने, ‘हाम्रो अचारका पारखी धेरै छन्। हामी मागअनसार प्याक गरेर बाहिर पनि पठाउँछौं।’ पलेँटीमा सिजनअनसारको सब्जी गाउँबाटै ल्याइन्छ।

त्यहाँ एक प्लेट ढिँडोको चार सय ५० रपैयाँ पर्छ। ग्राहक ६० प्रतिशत विदेशी र ४० प्रतिशत नेपाली हन्छन्। रेस्टरेन्टले ट्रेकिङ व्यवसायमा समेत सहयोग पगेको बताउँदै उनले भने, ‘पिरामा पलेँटी मारेर हातले खाना खाने हाम्रो संस्कृति पर्यटकलाई समेत थाहा होस् भन्ने अभिप्रायले त्यसरी नै व्यवस्थापन गरेका छौं।’ त्यहाँ उनका घरका समेत गरी १० जनाले रोजगारी पाएका छन्। अहिले उनलाई कसरी कमाउनेभन्दा पनि कसरी ब्रान्ड स्थापना गर्ने भन्नेमा चिन्ता छ।

काठमाडौंमै जन्मिएका गरङ सानैदेखि नेपाली गीत पनि गन्गनाउँथे। लहडै लहडमा उनले सन् २००७ मा पहिलो एल्बम ‘सर’ निकाले। उनको ‘पात गाँसी टपरी, मन गाँसी माया’ ले निकै चर्चा पनि बटल्यो। ‘गीत, संगीत भनेको साधना रहेछ। बिना अध्ययन र लगाव गीत रेकर्ड गरेर मात्र केही नहने रहेछ,’ कराको बिट मार्दै गरङले भने, ‘त्यसैले अहिले संगीत छाडेर व्यवसायमा रमेको छ।’

(अन्नपूर्ण पोस्टबाट साभार)  

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *