शाहिद कपूरकी श्रीमतीसँग गरियो श्रृङ्खलाको तुलना

२०७५ मंसिर १४, शुक्रबार १४:२७ गते २०७५ मंसिर १४, शुक्रबार १४:२७ गते २०७५ मंसिर १४, शुक्रबार १४:२७ गते

मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाको मिस वर्ल्ड २०१८ मा निकै चर्चा भैरहेको छ ।  त्यतिमात्रै होइन, मल्टीमिडिया विधामा त उनी प्रतिस्पर्धामा अगाडि पनि रहेकी छिन् । श्रृङ्खला भारी मतका साथ अग्रस्थानमा छिन् । उत्साहजनक भोटले मिस वर्ल्डको आयोजकले २ दिन म्याद पनि थपेको छ । नोभेम्बर ३० सम्म यस विधाको लागि भोट गर्न सकिनेछ ।

यदि यो भोटको अग्रता कायमै रह्यो भने श्रृङ्खलाले मल्टिमिडिया अवार्ड जित्ने पक्कापक्की भइसकेको छ । यो वर्ष मिस वर्ल्ड २०१८ चीनमा आयोजना भइरहेको छ । चीनको सान्यामा आउँदो ८ डिसेम्बरमा मिस वर्ल्डको फाइनल इभेन्ट हुनेछ । मिस वर्ल्डमा पाँच शीर्षकमा अवार्ड वितरण गरिन्छ, जसमध्ये मल्टिमिडिया पनि एउटा हो ।

त्यसो त यस पटक मिस वर्ल्डमा नेपाललाई सुरुवातदेखि नै टाइटल्डको दावेदार मानिएको छ । मिस वर्ल्ड जित्ने चर्चासँगै श्रृङ्खलाको अर्को चर्चा सुरु भएको छ ।  उनलाई भारतीय मिडियाहरुले अभिनेता शाहिद कपूरकी श्रीमती मिरा राजपुतसँग तुलना गरेका छन् ।

भारतको चर्चित अनलाइन पोर्टल जनसत्ताले उनी मिराको डुब्लिकेट भएको उल्लेख गर्दै समाचार प्रकाशित गरेको छ । केही समय अघि मात्रै श्रृङ्खलाले पनि शाहिद कपूरसँगको एक तस्बिर इन्स्टाग्राममा सेयर गरेकी थिइन् । शाहिद र मिराले हेलो म्यागाजिनका लागि खिचेको एक तस्बिरमा श्रृङ्खलाले आफ्नो अनुहार चिप्काएर इन्स्टाग्राममा तस्बिर सेयर गरेकी थिइन् । यस हिसाबले श्रृङ्खलाले पनि यो कुरा महसुस गरेको अनुमान लगाउन सकिन्छ ।

-उज्यालो अनलाइन 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *