पहिलो दिनमै २.० ले गर्यो १०० करोड व्यापार

२०७५ मंसिर १४, शुक्रबार १५:१३ गते २०७५ मंसिर १४, शुक्रबार १५:१३ गते २०७५ मंसिर १४, शुक्रबार १५:१३ गते

मुम्बई– विहीबारदेखि विश्वव्यापी प्रदर्शनमा आएको फिल्म २.० ले पहिलो दिनमै उत्कृष्ट सुरुवात गरेको छ ।

बलिउड अभिनेता रजनीकान्त र अक्षयकुमारको अहिलेसम्मकै महंगो भनिएको सो फिल्मले पहिलो दिनको व्यापारको सबै रेकर्ड तोडेको समाचारमा जनाइएको छ ।

पहिलो दिनको व्यापारिक आँकडाअनुसार यो फिल्मको हिन्दी संस्करणले उत्तरी भारतमा २० करोडको व्यापार गरेको छ । यस्तै दक्षिणी भारतको तामिल, तेलेगुलगायतका भाषामा ८० करोडमाथि व्यापार गरेको छ ।

पहिलो दिनमै २.० ले १०० करोडको व्यापार भारतबाटै गरेको छ ।

-लोकान्तार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *