अक्षय कुमार केही दिन देखि फिल्म २.० का कारण चर्चामा छन् । उनका साथ किंग खान अर्थात शाहरुख खान पनि चर्चामा आएका छन् । आफ्नो आगामी फिल्म जिरोलाई लिएर चर्चा मा रहेका शाहरु अहिले २.० का कारण चर्चामा आएका हुन् ।
शाहरुख खानले आफ्नो करियरमा बलिउडका करिब ९० फिल्म खेलेका छन् । यसका अलावा उनले ७ डकुमेन्ट्री, ९ टिभी शो तथा विभिन्न शोहरुको एंकरिङ गरेका छन् ।
किग अफ रोमान्सका नामले परिचित शाहरु खान भारतमा मात्र होइन विदेशमा पनि चर्चामा रहने गरेका छन् । आफ्नो करियरमा धेरैवटा सुपरहिट फिल्म दिएका उनले कयौं यस्ता फिल्म खेल्न इन्कार गरेका छन् जो पछि गएर निकै हिट बनेका थिए ।
शंकरको फिल्म २.० मा पनि रजनीकान्त भन्दा पहिला किंग खानलाई आग्रह गरिएको थियो तर उनले फिल्म खेल्न इन्कार गरे । तर अहिले फिल्म निकै चर्चामा आएको छ ।यहाँ हामी शाहरुखलाई अफर गरिएको र उनले खेल्न अस्विकार गरेको केही फिल्मबारे जानकारी गराउँछौं ।
मुन्ना भाइ एमबीबीएस
यो फिल्मले सञ्जय दत्तको करियरमा निकै हलचल ल्याएको थियो । तर यो फिल्ममा पहिला शाहरुख खानलाई खेलाउन चाहेका थिए तर उनले अस्वीकार गरे । फिल्ममा शाहरुखलाई मुन्ना भाइ र सञ्जय दत्तलाई चिर्कुटको भूमिकाका लागि अप्रोच गरिएको थियो तर शाहरुखले अस्विकार गरेका कारण सञजुले नै मुख्य भूमिका निभाएका थिए ।
लगन
फिल्म लगन नहेर्ने सायदै कम होलान् । यो फिल्म आमिर खानले अभिनय गरेको उत्कृष्ठ मध्येको एक फिल्म हो । तर निर्देशक आसुतोषको पहिलो रोजाइमा शाहरुख खान थिए । फिल्ममा भुवनको भूमिकाका लागि आमिर भन्दा पहिला शाहरुखलाई अफर गरिएको थियो । तर शाहरुखले यो फिल्म खेल्न अस्वीकार गरे ।
थ्री इडियट्स
थ्री इडियट्स पनि बलिउडको सुपरहिट फिल्ममध्ये एक हो । फिल्मको गीत देखि अन्य सिनसम्को निकै चर्चा हुने गरेको छ । विधु विनोद चोपडाले यस फिल्ममा आमिरको भूमिकाका लागि शाहरुखको लागिछानेका थिए तर उनले त्यसलाई अस्वीकार गरिदिए ।
त्यस्तै आमिरले नै अभिनय गरेको फिल्म रंग दे बसन्तीका लागि निर्देशकले शाहरुखलाई रोजेका थिए । तर शाहरुखले यो फिल्म खेल्न मानेनन् । आफूले यो फिल्म नखेलेकोमा अपसोच लागेको उनले एक अन्तर्वार्ताका क्रममा बताएका थिए ।
तारे जमिन पर
यो फिल्ममा आमिर शिक्षककको भूमिकामा थिए । यो फिल्म पनि शुरुमा शाहरुखका लागि अप्रोच गरिएको थियो तर शाहरुखले यो भूमिकामा आफूले भन्दा आमिरले राम्रो गर्ने बताएका थिए ।
जोधा अकबर
ऐश्वर्या राय तथा अभिषेक ऋतिक रोशनको फिल्म जोधा अकबर पनि किंग खानलाई अफर गरेका थिए । यो फिल्म खेल्न पनि उनले इन्कार गरेका थिए ।
-लोकान्तर
Views: 0