अमेरिकाको अलास्कामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

२०७५ मंसिर १५, शनिबार ०७:३९ गते २०७५ मंसिर १५, शनिबार ०७:३९ गते २०७५ मंसिर १५, शनिबार ०७:३९ गते

अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प गएको छ । अलास्काको ठूलो शहर एंकरएजबाट ११ किलोमिटर उत्तरमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस) ले जनाएको छ ।

भूकम्पका कारण मानिसहरु आफ्ना घरबाट बाहिर निश्किएका छन् । लगातार गएका परकम्पले थप त्रसित बनाएको छ । एंकरएजमा झण्डै तीन लाख मानिसको बसोबास छ ।

भूकम्पको केन्द्र रहेको क्षेत्रमा झण्डै एक लाख मानिसको बसोबास रहेको बताइएको छ । नेपाली समय अनुसार शुक्रबार राति ११ बजेर १४ मिनेट जाँदा भूकम्प गएको हो । चार म्याग्निच्युड भन्दा माथिका १० सहित ४० भन्दा बढी परकम्प गएका छन् ।

भूकम्प लगत्तै जारी गरिएको सुनामीको चेतावनी भने पछि फिर्ता लिइएको छ । भूकम्पका कारण कसैको ज्यान गएको छैन । तर झण्डै एक लाख मानिसका घरमा बिजुलीको आपूर्ति हुन सकेको छैन।

-देशसंचार 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *