कुकुरले गर्‍यो रक्तदान दर्जनौंपटक

२०७५ मंसिर १५, शनिबार ०७:४७ गते २०७५ मंसिर १५, शनिबार ०७:४७ गते २०७५ मंसिर १५, शनिबार ०७:४७ गते

मानिसले त १०० पटकभन्दा बढी समयसम्म रक्तदान गरेको समाचार आउने गर्दछ तर, कुकुरले पनि दर्जनौंपटक रक्तदान गरेर धेरैको ज्यान बचाएको सुन्दा अचम्म लाग्न सक्छ।

मानिसको जस्तो कुकुरको रक्त समूह हुँदैन। त्यसैले एउटा कुकुरको रगत पहिलो पटक दिँदा प्रायः अर्को कुकुरलाई मिल्छ, त्यसले गर्दा कु्कुरलाई पनि रगत दिने गरिन्छ।

ललितपुरको भैंसेपाटीस्थित स्नेतहा केयर सेन्टरमा रहेको एक जर्मन सेफर्ड पोथी कुकुरले तीन वर्षका अवधिमा दर्जनौं पटक रक्तदान गरेर धेरै कुकुरको ज्यान बचाएको समाचार गोरखापत्र दैनिकमा छ।

हाल सेन्टरको संरक्षणमा रहेका उक्त कुकुरको नाम कोपिला हो। कोपिला तीन वर्षअघि काठमाडौं स्वयम्भु क्षेत्रमा बिरामी अवस्था फेला परेको थियो। सेन्टरमा रहेका झन्डै १७० वटा कुकुरमध्ये कोपिलासहित चार वटा कुकुरले रक्तदान गर्ने गरेका छन्।
-थाहा खबर 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *