त्रिभुवन विश्वबिद्यालयको लापरबाही: पहिले ४ रिटोटलिङ पछी ६० नम्बर

२०७५ मंसिर १५, शनिबार १२:४५ गते २०७५ मंसिर १५, शनिबार १२:४५ गते २०७५ मंसिर १५, शनिबार १२:४५ गते

त्रिभुवन विश्वबिद्यालयको लापरबाही: पहिले ४ रिटोटलिङ पछी ६० नम्बर

त्रिभुवन विश्वबिद्यालयको उत्तर पुस्तिका निरीक्षणमा गम्भीर लापरबाही हुने गरको तथ्य फेला परेको छ । केहि दिन अगाडी प्रकाशित एमबीएस दोश्रो वर्षको रिटोटलिङको नतिजामा एक बिद्यार्थीको ५६ अंक बढेर आएको छ । सिम्बोल नम्बर २००५०००४ भएका एक बिद्यार्थीले Strategy Management and Business Environment बिषयमा आफुले प्राप्त गरेको अंक चित्त नबुझेर रिटोटलिङ गर्दा ५६ अंक बढेर ६० आएको छ । यस्तै अन्य थुप्रै बिद्यार्थीको समेत उल्लेख्य मात्रामा अंक बढेर आएको छ ।

पहिले ४ र पछी ६० अंक आएको नतिजा (पहेंलो घेरामा)करीब ७ महिना अगाडि प्रकाशित एमबीएसकै को रिटोटलिङ नतिजामा समेत एक विद्यार्थीको समेत १९ अङ्क आएर पुनर्योग गराउँदा ९० आएको थियो । बारम्बार यसरी हुने लापरबाहीले त्रिबिको उत्तरपुस्तिका परीक्षणमा समेत ठूलो प्रश्न चिन्ह उब्जाएको छ ।

अङ्क कम आएर रिटोटलिङ गराउँदा बिद्यार्थी स्वयंमले पैसा र समय खर्च गर्नुपर्ने हुदाँ यस प्रक्रियामा बिद्यार्थीले निकै हरानी खेप्दै आएका छन् । source:www.merostudy.com/

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *