कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद पुनः थप

२०७५ मंसिर १५, शनिबार २१:०२ गते २०७५ मंसिर १५, शनिबार २१:०२ गते २०७५ मंसिर १५, शनिबार २१:०२ गते

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनः थप गरेको छ ।

बोर्डले एक सूचना जारी गदै रजिष्ट्रेशन आवेदन फाराम भर्ने म्याद थपेको हो । निर्धारित समयमा धेरै विद्यार्थीको फाराम भर्न छुटेको भन्ने गुनासो आएपछि भर्ने म्याद पुनः थप गरिएको बोर्डले जनाएको छ ।

शैक्षिक सत्र २०७५/०७६ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि बोर्डले शैक्षिक कार्यतालिकानुरुप गएको असोज २१ गतेसम्म बिलम्व शुल्करहित प्रति विद्यार्थी ८०० रुपैयाँका दरले हुने रकम बोर्डको बैंक खातामा जम्मा गरी उक्त बैंक भौचरसहित रजिष्ट्रेशन बोर्डका सम्बन्धित शाखा कार्यालयमा रसिद काटी बुझाउन सूचना गरिएको थियो ।

उक्त समयमा फाराम बुझाउन भर्न छुट भएका विद्यालय र विद्यार्थीका लागि बोर्डको यही मङ्सिर १२ गतेको निर्णयानुसार बिलम्व शुल्क प्रतिविद्यार्थी ८०० रुपैयाँसहित हुने रकम बोर्डका नाममा जम्मा गरेको भौचर र रजिष्ट्रेशन आवेदन फाराम यही मङ्सिर १९ गतेभित्र बोर्डका सम्बन्धित शाखा कार्यालयमा बुझाउनु पर्नेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *