पित्ताशयको थैली शल्यक्रिया गर्नुभयो ; त्यसो भए यस्तो खान पान गर्नु पर्छ(जान्नुहोस)

२०७५ मंसिर १५, शनिबार २१:१० गते २०७५ मंसिर १५, शनिबार २१:१० गते २०७५ मंसिर १५, शनिबार २१:१० गते

पित्ताशयमा पत्थरीको समस्या धेरैलाई हुने गर्छ । प्रत्येक दश मध्ये एक व्यक्तिमा देखिने यो आम समस्या हो । त्यसैले पित्ताशयमा पत्थरी हुँदैमा आत्तिहाल्नु पर्दैन । तर कतिपय व्यक्ति यस्ता पनि छन्, जो पित्ताशयमा पत्थरी भएपछि खानपानलाई लिएर चिन्तित हुने गर्छन् ।

उनीहरु सोच्छन्, पित्ताशयमा पत्थरी भएपछि शल्यक्रिया गर्नु पर्छ । र , शल्यक्रिया पश्चात्त खानपानमा सावधानी अपनाउनु पर्छ ।

शल्यक्रिया पछि पनि के के खाने, के के नखाने भन्ने कुरामा ध्यान दिनुपर्छ

चिकित्सकहरुका अनुसार शल्यक्रिया गरेर पित्ताशयलाई हटाए पछि पनि मानिसले सामान्य जीवन बाच्न सक्छन् । आफूलाई मन परेको प्रत्येक खानेकुरा खान सक्छन् । बस्, तारेको, भुटेको खानेकुरा भने कम सेवन गर्न पर्छ ।

कसरी ?

सामान्यतया पित्ताशयको थैलीमा पत्थरी भएमा पित्ताशयलाई हटाइने गरिन्छ । अंग्रेजीमा गल व्लाडर भनिने पित्ताशय शरीरको माथिल्लो भागमा हुन्छ । यो सानो नासपाती आकारको हुन्छ , जुन कलेजोको ठिक मुन्तिर दायाँ साइडमा हुन्छ । पित्ताशयले पित्त (बाइल)लाई एक ठाउँमा जम्मा गरेर त्यसलाई कन्सन्ट्रेट गर्न थाल्छ । जब शरीरमा फ्याट पच्न थाल्छ, तब पित्ताशयले यसलाई स्रावित गर्दछ ।

यहाँ के जान्न आवश्यक छ भने खाना पचाउन कलेजो नै जिम्मेवार छ भने बाइलको उत्पादन पनि कलेजोले नै गर्छ । उक्त बाइललाई जम्मा गर्ने काम भने पित्ताशयले मात्र गर्छ ।

जब पित्ताशयमा बाइल जम्मा हुन्छ, त्यसक्रममा पित्तको रसायनिक असन्तुलन भएमा पित्ताशयको थैलीमा पत्थरीको विकास हुने गर्दछ । यस्ता पथ्थरी कोलेस्ट्रोलद्वारा निर्मित हुन्छ । बोलीचालीको भाषामा गल स्टोन भन्ने चिनिने यस्ता पत्थरी बालुवाको कणदेखि चनाको दाना वा सोभन्दा ठूलो आकारको समेत हुनसक्छ ।

केही व्यक्तिमा यस्ता पत्थरीको कुनै लक्षण देखिदैन । तर जो व्यक्तिमा लक्षण देखिन्छ, उनीहरुमा उल्टी हुने, पेटको एउटा भागका साथै पछाडी पिठ्यूमा पनि बेस्सरी दुख्ने गर्छ । यस प्रकारको दुखाई लामो अन्तरालमा हुन्छ, र एकपटक दुखेपछि असहय पिडा हुन्छ, विशेषगरी खाना खाएपछि । जतिजति समस्या बढ्दै जान्छ, तब तब यो दुखाई झन् झन् बढ्न थाल्छ ।

यस्ता समस्या देखिएमा पित्ताशयको पत्थरीलाई तुरुन्तै हटाउनु पर्छ । अन्यथा, पित्ताशयबाट पित्त बग्दा पत्थरी पनि बगेर कतै अड्किन सक्छ र पहेलोपना, जण्डिस लगायतका स्वास्थ्य सम्बन्धि जटिल समस्या निम्त्याउन सक्छ ।

तर, जब पत्थरीको कारण पित्ताशय हटाइन्छ, तब खानपानलाई लिएर मानिसहरु चिन्तित हुने गर्छन् । उनीहरुलाई लाग्छ, पित्ताशयको थैली हटाएपछि खानपानमा विशेष सजगता अपनाउनु पर्छ ।

जबकी गल व्लाडर हटाएपछि पनि मानिसहरु सामान्य जीवन जिउन सक्छन् । किनकी पित्ताशय नभएपनि खाना पचाउन कलेजोले पित्तको उत्पादन गर्छ, तर शल्यक्रिया पश्चात्त उक्त पित्त पित्ताशयमा नगएर सिधै सानो आन्द्रामा जान्छ ।

परिणामस्वरु, पित्ताशय हटाएको व्यक्तिलाई केही दिन पखाला लाग्न सक्छ । तर यो परिवर्तन अस्थायी भएको खासै चिन्ता गर्नु पर्दैन ।

पित्ताशयको थैली हटाउनका लागि गरिने शल्यक्रियाको दुष्प्रभाव केही हप्तासम्म मात्र देखिन्छ । शल्यचिकित्सा पूर्व केही हप्ता कमवोसोयुक्त पदार्थको सेवन गर्न तथा तारेको, भुटेको खानेकुरा नखान सल्लाह दिइने गरिन्छ , जुन शल्यक्रिया पश्चात्त पनि जारी राख्न जरुरी छैन । किनकी पित्ताशय जरुरी अंग नभएको र यसको अभावमा पनि मान्छेले सामान्य जीवन बाच्न सक्ने हुदाँ शल्यक्रिया पश्चात्त सन्तुलित आहारको साथमा कम वोसोयुक्त पदार्थको सेवन गरेर पनि स्वस्थ जीवन बाच्न सकिन्छ ।

तर पित्ताशयको शल्यक्रिया पश्चात्त धेरैजसो व्यक्तिलाई अपच हुने , पेट फुल्ने तथा पखाला लाग्न सक्ने हुँदा खानाको मात्रा घटाउन भने जरुरी छ ।

बस् यति कुरा पालन गरेर पनि सन्तुलित तथा स्वथ्य जीवन जिउन सकिन्छ ।

-उच्च वोसोयुक्त पदार्थ, तारेको, भुटेको तथा चिल्लो खानेकुरा कम खाने ।

–वोसो रहित कम वोसोयुक्त पदार्थ खाने।

-आहारमा घुलनशील फाइबरयुक्त खानेकुराको सेवन गर्ने । अत्याधिक फाइबर भएका खानेकुराले पनि पेटमा ग्यास बढाउन सक्छ ।

-थोरै थोरै तर धेरै पटक खाने प्रयास गर्ने । खानामा प्रोटिनको सेवन कम गर्ने । वोसो रहित दूग्धजन्य पदार्थका साथमा फलफूल, साजसब्जी तथा अन्नको सेवन गर्ने ।

-मसेलार, चिल्लो पदार्थ, कैफिन, दूग्ध जन्य पदार्थ, फाइबर रहित आहार तथा गुलियोबाट परेज गर्ने ।

onlinekhaber बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *