रसुवागढी नाकामा महिलाले पाए रोजगारी

२०७५ मंसिर १५, शनिबार २१:१५ गते २०७५ मंसिर १५, शनिबार २१:१५ गते २०७५ मंसिर १५, शनिबार २१:१५ गते

रसुवा– रसुवागढी नाका सञ्चालन भएपश्चात् सामान राख्ने (लोड–अनलोड) काम पाएपछि यहाँका महिलाले स्थानीयस्तरमै रोजगारीका अवसर पाएका छन् ।

रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत एवं सूचना अधिकारी भूपेन्द्र कार्कीका अनुसार केरुङबाट आयात आएका कन्टेनर र ट्रकबाट परीक्षणका लागि सामान झिक्ने र राख्ने कार्यमा ७० प्रतिशत महिला कामदार भन्सार हातामा संलग्न रहेका छन् । कामदारको सङ्ख्या भने ५०० को हाराहारीमा रहेका छन् ।

भन्सार हातामा सामान लाख्ने कार्यमा रसुवाको टिमुरे, स्याफ्रबेँसी, चिलिमे, थुमनको साथै बाहिर जिल्ला जाजरकोट, जुम्ला, मुगु, कैलालीको टीकापुर सुर्खेत, रोल्पा, दाङ, रोल्पा, डोल्पा, अर्घाखाँचीसमेतका स्थानबाट कामदारले काम गरी रहेको बताउँदै मुगुका डिलबहादुर शाहीले रोजगारी खोज्दै श्रीमान् श्रीमती मिली भन्सारको हाताभित्र सामान राख्ने काममा सहभागी भई आफ्नो परिश्रमबाट आम्दानी गर्ने गरेको जानकारी दिए ।

दाङ तुल्सीपुरकी पूजा शाहीले भन्सार हाताभित्र सामान साध्ने कामको श्रमले शरीरबाट पसिना काट्दा शारीरिक स्वास्थ्यता अर्काेतर्फ आयआर्जनले जीविकोपार्जनमा सरलता आएको र एउटा डिब्बाको सामान भूईंमा खसाल्दा र पुनः कन्टेनरमा राख्दा मालधनीले प्रतिट्रिप रु सात हजार ५०० ज्याला दिने र यी कार्य पूरा गर्न सातदेखि १० महिलाको समूहले दिनभरमा चार पाँच ट्रिपको काम गर्ने गरेको जानकारी दिइन् ।

भन्सार कार्यालयले दिएको जानकारीअनुसार चीनबाट बढी मात्रामा तयारी कपडा, जुत्ता चप्पल, मोबाइल, इलेक्ट्रोनिक्स सामग्री, चुरा, कस्मेटिक सामान, स्याउ, नास्पातीलगायतका सामग्री आयात हुने गरेको छ ।

हल्काहल्का पोकामा सामान आउने भएकाले भन्सार हातामा सामान झार्नको लागि कन्टेनर डिब्बाबाट भुईंमा झिक्न र परीक्षण सकिएपछि पुनः राख्न कुनै समस्या नहुने काममा संलग्न महिलाले बताएका छन् ।

रातो पाटी बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *