यी थिए जनयुद्धको घोषणा गर्ने १९ केन्द्रीय सदस्य(जानुहोस )

२०७५ मंसिर १५, शनिबार २१:२९ गते २०७५ मंसिर १५, शनिबार २१:२९ गते २०७५ मंसिर १५, शनिबार २१:२९ गते

काठमाडौं । तत्कालीन नेकपा (माओवादी) ले १० वर्षको भीषण सङ्घर्ष गरेर नेपाललाई राजनीति निकास दिएको छ । देशमा गणतन्त्रको स्थापना भएको छ, सङ्घीयता, समावेशी संविधान बनेको छ । देश अहिले आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश गरेको छ ।

यी सबै उपलब्धि नेपालमा भएको जनयुद्धका कारण सम्भव भएको हो । तात्कालीन माओवादीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो । ११ वर्ष लामो सशस्त्र सङ्घर्षपछि जनयुद्ध २०६३ मङ्सिर ५ गते शान्ति सम्झौतामा पुगेर नयाँ गन्तव्यतिर लाग्यो ।

जनयुद्धमा धेरैले सङ्घर्ष गरे, धेरैको बलिदानी भयो, हजारौं मानिस अहिले पनि बेपत्ता छन् । त्यस्तो महान् युद्धको प्रारम्भ गर्दा १९ जना नेता मात्रै केन्द्रीय सदस्य थिए । यहाँ ती नेताको नाम उल्लेख गरिएको छ ।

पोलिट्व्यूरो : १. पुष्पकमल दाहाल ‘प्रचण्ड’, महामन्त्री, २. मोहन वैद्य ‘किरण’, पोलिट्व्यूरो सदस्य, ३. डा. बाबुराम भट्टराई ‘लालध्वज’, पोलिट्व्यूरो सदस्य, ४. रामबहादुर थापा ‘बादल’, पोलिट्व्यूरो सदस्य, ५. पोष्टबहादुर बोगटी ‘दीवाकर’, पोलिट्व्यूरो सदस्य, ६. सीपी गजुरेल ‘गौरव’, पोलिट्व्यूरो सदस्य ।

केन्द्रीय समिति : ७. हरिबोल गजुरेल ‘शितलकुमार’, केन्द्रीय सदस्य, ८. यानप्रसाद गौतम ‘आलोक’, केन्द्रीय सदस्य, ९. टोपबहादुर रायमाझी ‘अनिल’, केन्द्रीय सदस्य, १०. देवप्रसाद गुरुङ ‘कान्छाबहादुर’, केन्द्रीय सदस्य, ११. पम्फा भुसाल ‘विद्युत’, केन्द्रीय सदस्य, १२. दण्डपाणि न्यौपाने ‘दीपेन्द्र’, केन्द्रीय सदस्य, १३. अग्नि सापकोटा ‘कञ्चन’, केन्द्रीय सदस्य, १४. फणिन्द्र आचार्य ‘अनल’, केन्द्रीय सदस्य, १५. लोकेन्द्र विष्ट ‘अभ्यास’, केन्द्रीय सदस्य, १६. हरिभक्त कंडेल ‘प्रतीक’, केन्द्रीय सदस्य, १७. मातृका यादव ‘रामसिंह’, केन्द्रीय सदस्य, १८. दिनेश शर्मा ‘सागर’, केन्द्रीय सदस्य, १९. नारायण शर्मा ‘कमलप्रसाद’, केन्द्रीय सदस्य।

यी १९ जना केन्द्रीय सदस्यमध्ये प्रचण्ड, बादल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देव गुरुङ, पम्फा भुसाल, अग्नि सापकोटा, माृतका यादव र नारायण शर्मा नेकपाको महत्वपूर्ण जिम्मेवारीमा छन् ।

त्यसैगरि मोहन वैद्य, डा. बाबुराम भट्टराई, सीपी गजुरेल, लोकेन्द्र विष्ट मुलधारबाट अलग भएर अलग समूह बनाएका छन् । वैद्य, गजुरेलले नेकपा (क्रान्तिकारी–माओवादी) ले गठन गरेका छन्, डा. बाबुराम भट्टराई नयाँ शक्तिका संयोजक छन् भने लोकेन्द्र विष्ट नेकपाबाट अलग भएर बसेका छन् ।

जनयुद्धका केन्द्रीय सदस्यमध्ये सुरेश वाग्लेको २०५६ सालमा हत्या भयो भने दण्डपाणि न्यौपाने बेपत्ता पारिए । प्रखर वक्ता मानिने यानप्रसाद गौतम ‘आलोक’ पनि युद्धकै क्रममा मारिए, जतिबेला उनी पार्टी कार्वाहीमा थिए । त्यसैगरि पोष्टबहादुर बोगटीको शान्ति प्रक्रियामा आएपछि हृदयघातका कारण निधन भयो ।

लोक्पाटी बाट 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *