सम्भोगले तपाईंलाई कम तनाब महसुस हुन्छ र रक्तचापलाई पनि सही ठाँउमा राख्न मद्दत गर्छ । स्कटल्यान्डमा गरिएको अध्ययनले देखाएअनुसार जसले सम्भोग गरेका थिए उनीहरूले तनावलाई सहजै सामना गरेका थिए । सम्भोग नगरेकाहरूलाई भने रक्तचाप र तनाबको समस्या देखिएको थियो ।
१.रोगसँग लड्ने क्षमता वृद्धि
हप्ताको एक पटक वा दुई पटक सम्भोग गर्दा एक प्रकारको एन्टिबडी उत्पादन हुने गरेको पाइएको छ । सम्भोग गर्नाले ‘इम्युनोग्लोबिन–ए’ नामक उक्त एन्टिबडीको उत्पादन बढी मात्रामा हुने गरेको पाइएको हो । यसले रुघाखोकी र अरू संक्रमणबाट बचाउँछ ।
२.क्यालोरी जलाउन मद्दत
तीस मिनेटको सम्भोगले ८५ क्यालोरी जलाउन मद्दत गर्दछ । तसर्थ सम्भोगलाई राम्रो व्यायामका रूपमा पनि लिने गरिएको छ ।
३. मुटु स्वस्थ राख्न
बेलायतमा गरिएको २० वर्षे लामो अध्ययनले हप्ताको दुई वा सोभन्दा बढी सम्भोग गर्ने मान्छेलाई हृदयघात हुने सम्भावना कम हुने देखाएको छ । अध्ययनले भन्छ, महिना वा त्यो भन्दा नि लामो समयमा सेक्स गर्नेको भन्दा हप्तामा दुई वा सोभन्दा बढी सम्भोग गर्नेलाई हृदयघातको सम्भावना आधा कम हुन्छ ।
४.आत्मसम्मानमा वृद्धि
सम्भोगले व्यक्तिको आत्मसम्मान बढाउन मद्दत गर्छ । युनिभर्सिटी अफ टेक्सासको अध्ययन अनुसार मानिसले सम्भोग गर्ने दुई सय ३७ वटा कारणमध्ये आत्मसम्मान पनि एउटा कारण हो ।
५.गहिरो प्रेम
सम्भोग र चरमोत्कर्सले माया र सद्भावमा वृद्धि गराउँछ । यसको कारण भनेको सम्भोगका बेला उत्पादन हुने ‘अक्सिटोसिन’ नामक हर्मोन हो, जसलाई ‘प्रेम हर्मोन’ पनि भनिन्छ ।
६.दुखाइ कम गर्न मद्दत
अक्सिटोसिनले शरीरमा इन्डोमोर्फिन नामक हर्मोन निकाल्न मद्दत गर्छ । इन्डोमोर्फिनलाई प्राकृतिक ‘पेन किलर’ पनि भनिन्छ । टाउको दुखाइ, हड्डी वा घुडा दुखाइ कम गर्न पनि सम्भोगले मद्दत गर्दछ ।
७. धेरै स्खलनबाट प्रोस्टेट क्यान्सर हुने सम्भावना कम
अनुसन्धानहरूले धेरै स्खलनले जीवनको उत्तरार्धमा प्रोस्टेट क्यान्सर हुने सम्भावना कम भएको देखाएको छ ।
८. दह्रो पेल्भिक फ्लोर मसल
महिलाहरूका लागि पेल्भिक फ्लोर मसल मजबुत बनाउन पनि सम्भोगले मद्दत गर्छ ।
९. राम्रो निद्रा
चरमोत्कर्समा पुगेका बेला उत्पादन हुने हर्मोन अक्सिटोसिनले राम्रो निद्रा लगाउन मद्दत गर्दछ । राम्रो निन्द्राका फाइदाहरू पनि उत्तिकै हुन्छन् ।
Views: 0