प्रियंका र निकको हिन्दू परम्परा अनुसार विवाह

२०७५ मंसिर १६, आईतवार २१:२७ गते २०७५ मंसिर १६, आईतवार २१:२७ गते २०७५ मंसिर १६, आईतवार २१:२७ गते

बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनस क्रिश्चियन परम्पराअनुसार विवाह गर्दै पति-पत्नी बनिसकेका छन्। उनीहरू फेरि विवाह गर्दैछन्। केटा र केटी दुवैको धार्मिक रिवाजअनुसार विवाह गर्ने योजनाअनुसार आज उनीहरूले हिन्दू परम्पराअनुसार विवाह गर्न लागेका हुन्।

राजस्थानको जोधपुरस्थित उम्मेद भवन प्यालेसमा आइतबार वैवाहिक समारोह तय गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार विवाहका लागि निम्ता गरिएका पाहुनाहरू जोधपुर पुगिसकेका छन्, जसमध्ये केही हलिउड स्टार पनि छन्। विवाह समारोह भारतीय समयअनुसार साँझ ५ बजे तय गरिएको छ।

प्रियंका र निकले शनिबार मात्रै क्रिश्चियन परम्पराअनुसार विवाह गरेका थिए। विवाह अगाडि संगीत र मेहन्दीको विधि भएको थियो। त्यस क्रममा प्रियंकासमेत नाचेकी थिइन्। उक्त विधिपछि भएको भोजमा पाहुनाहरूलाई राजस्थानीसहित १५० प्रकारका परिकार खुवाइएको थियो।

बलिउडका यी दिग्गज हुने छैनन् विवाहमा
आइतवारको विवाह समारोहमा बलिउडका कैयौं सेलिब्रिटी सहभागी हुने अपेक्षा गरिएको छ। तर, भारतीय मिडिया डेक्कन क्रोनिकल डटकमका अनुसार बलिउडका कतिपय दिग्गज कलाकार सरिक हुने छैनन्।

तीमध्ये बलिउडका तीन खान शाहरुख, सलमान र आमिरका साथै अक्षय कुमार, अजय देवगन, रणवीर सिंहलगायत समारोहमा उपस्थित हुने छैनन्। बलिउडका स्थापित निर्देशकहरू सञ्जय लीला भन्साली, विशाल भारद्वाज र राकेश रोशन पनि विवाहमा नजाने रिपोर्टमा उल्लेख छ।

खबर अनुसार विगतमा शाहरुख खानसँग प्रियंकाको अफेयर चलेको खबर आएको थियो, त्यसपछि दुवै टाढा भइसकेका छन्। अक्षय कुमारसँग पनि उनको नाम जोडिएको थियो। तर, अक्षयले पछि ट्विङ्कल खन्नासँग विवाह गरेपछि दुवैको बाटो अलग भयो। सलमानको प्रसंगमा भने फिल्म ‘भारत’बाट प्रियंकाले हात झिकेपछि उनी यी अभिनेत्रीसँग बेखुशी रहेको बताइन्छ।

यस्तै, रणवीर सिंह प्रियंकाको निकट भए पनि उनी पनि दीपिका पादुकोणसँग हालै भएको विवाहपछिका पारिवारिक कार्यक्रम र नयाँ फिल्म ‘सिम्बा’ का कारण व्यस्त रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *