निर्मलाकोलागि न्याय माग्दै कञ्चनपुरमा विप्लवको जनप्रदर्शन

२०७५ मंसिर १६, आईतवार २२:२३ गते २०७५ मंसिर १६, आईतवार २२:२३ गते २०७५ मंसिर १६, आईतवार २२:२३ गते

कञ्चनपुर – चार महिना बितिसक्दा पनि सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै विप्लव नेतृत्वाको नेपाल कम्युनिष्ट पार्टीले आइतबार कञ्चनपुरमा जनप्रदर्शन गरेको छ ।

निर्मलाको न्यायका लागि दवाव दिन भन्दै विप्लव समूहले घोषण गरेको देशव्यापी कार्यक्रम अनुसार कञ्चनपुरमा पनि आइतबार जनप्रदर्शन गरेको हो । सरकारले अपराधिलाई संरक्षण गरेकाले हत्यारा पत्ता लगाउन दवाव दिन आफूहरुले देशैभर जनप्रदर्शन गरेको नेकपा (विप्लव) का महाकाली अञ्चल इन्चार्ज वीरेन्द्र शाहले बताउनुभयो ।

बहुमतको आडमा सरकारले न्यायलाई समेत दबाउन खोजेको बताउँदै उहाँले निर्मलाको न्यायका लागि सबै पक्षसँग छलफल गरेर सरकारलाई दवाव दिइने बताउनुभयो । विप्लवले आह्वान गरेको जनप्रदर्शनमा विद्यालय तथा क्याम्पसका विद्यार्थी, अधिकारकर्मीलगायत हजारौंको संख्यामा प्रदर्शनकारीको उपस्थिति रहेको थियो ।

प्रदर्शनकारीले निर्मलालाई न्यायको माग गर्दै नाराबाजी गरेका थिए । महेन्द्रनगरको स्थानीय स्थानीय दशरथ चोकबाट निस्किएको ¥याली बजारको परिक्रमा गर्दै संविधान चोकमा गएर जनसभामा परिणत भएको थियो । -उज्यालो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *