यो हो विश्वको सबैभन्दा महँगो कफी:घिन नमान्नुहोस

२०७५ मंसिर १७, सोमबार १८:४७ गते २०७५ मंसिर १७, सोमबार १८:४७ गते २०७५ मंसिर १७, सोमबार १८:४७ गते

कफी विश्वको सबैभन्दा बढी पिइने पेय पदार्थमध्येको एक हो । कफीलाई धनी मानिसहरुको पेय पदार्थको रुपमा पनि बुझ्ने गरिन्छ । यस्तोमा कफीको पनि विभिन्न किसिमको मूल्य हुने गरेको छ । यस्तोमा सबैभन्दा महँगो कफीको अनुमानित मूल्य ११५० डलर प्रतिकिलोग्राम रहेको छ ।

यद्यपि कफी बनाउने प्रक्रियाको विषयमा भने मानिसहरुलाई घिन लाग्नसक्छ । यो कफी बनाउनका लागि सबैभन्दा पहिला हात्तीलाई कफीको फल खुवाइने गरिन्छ । हात्तीले यो फल खाएर पचाएपछि दिशाको माध्यमबाट निकाल्छ । यद्यपि कफीको फल भने पचेको हुँदैन । त्यसपछि हात्तिको दिशाबाट प्रशिक्षित व्यक्तिले कफीको बीज निकाल्ने गर्छन् ।

यसरी निकालिएको कफीलाई सफा गरेर घाममा सुकाउने गरिएन्छ । १ किलोग्राम कफीको लागि ३३ किलो कच्चा कफी हात्तीलाई खुवाउनुपर्छ ।

यसरी निकालिएको कफीलाई प्राकृतिक विधिबाट प्रशोधित कफी मानिने गरिएको छ । यस विषयमा अनुसन्धान पनि गराइएको जानकारहरु बताउँछन् । उनीहरुका अनुसार यसरी कफी निकाल्दा केवल कफी मात्र प्राप्त हुने उनीहरुको दाबी छ । जसको कारण यो माध्यमबाट सबैभन्दा शुद्ध कफी प्राप्त हुन्छ ।-हाम्रा कुरा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *