पतञ्जली कपडा उद्योगको सुरुवात

२०७५ मंसिर १७, सोमबार १८:५६ गते २०७५ मंसिर १७, सोमबार १८:५६ गते २०७५ मंसिर १७, सोमबार १८:५६ गते

भारतीय योगगुरु बाबा रामदेवले सोमबार अहमदाबाद स्थित ‘पतञ्जली परिधन अपरेल’ पतञ्जली कपडा पसलको उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममै रामदेवले अब कपडा उद्योगलाई अझ व्यापक लगानी गर्नै जनाएका छन् ।

रामदेवको पतञ्जलीले कुर्ता, पाजामा, सारी ल्याएको बताए । उनले पतञ्जलीले कपडामा ठूलो धमाका मच्चाउने बताउँदै मानिसहरुले अहिले जिन्सको मात्र कुरा गरेपनि अब पतञ्जलीले कोटदेखि भित्रि बस्त्रसम्म उत्पादन गर्ने जनाए ।

 रामदेवले अरु कम्पनीहरु एकल अंकले वृदि भइरहेको अवस्थामा आफ्नो पतञ्जली भने सतप्रतिशतले वृदि भएको बताए ।  रामदेवले कपडामा लगानी गर्ने बताए पनि कति लगानी गर्ने भन्नेबारे केही बताएनन् ।

उनले आयुर्वेदिक औंषधि, प्राकृतिक खाना, प्राकृतिक पेय पदार्थ, होम केयर साथै डेरीको क्षेत्रमा समेत उद्योगले ठुलो सफलता हाल पारेको छ ।

 प्राकृतिक खाना उत्पादनमा आफुले करिब १० हजार मानिसलाई रोजगारी प्रदान गर्ने पनि उनले बताए ।  गत वर्ष २ हजार करोडको कारोबार गरेको पतञ्जलीले २०१५-१६ मा ५ हजार करोडको कारोबार गरेको थियो । -हाम्रा कुरा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *