जसले नेपालमै बेच्छन् ‘अरिङ्गाल फ्राई’

२०७५ मंसिर १७, सोमबार १९:१८ गते २०७५ मंसिर १७, सोमबार १९:१८ गते २०७५ मंसिर १७, सोमबार १९:१८ गते

पाल्पा । रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका गम्भीर आलेले अरिङ्गालको व्यापार गर्छन्भन्दा अनौठो मान्नु पर्दैन । विगत ६ वर्षदेखि उनले होटल रुपटपमा अरिङ्गालको ‘फ्राई’ बेच्दै आएका छन्  । अरिङ्गालको व्यापार गरेरै आलेले यस याममा ५० हजारभन्दा बढी आम्दानी गरे।

अरिङ्गालको परिकार निकै स्वादिलो हुन्छ । होटलमा अरिङ्गालको परिकार चाख्नका लागि ग्राहकको भीड लाग्छ । यही व्यापारबाट उनले मनग्य आम्दानी गरिरहेका छन् । “यस वर्ष अरिङ्गालले गोलो कम लगाएपछि आम्दानीमा कमी आयो,” उनले भने। गत वर्ष रु एक लाख ५० हजारभन्दा  बढी आम्दानी भएको उनको भनाइ छ । अरिङ्गालको गोलोलाई निकै जोखिम मोलेर पोल्नुपर्ने हुन्छ ।

होटलमा ग्राहकले अरिङ्गालको परिकार बढी रुचाउने गरेका छन् । प्रतिकिलो अरिङ्गाल एक हजार २०० मा खरीद हुन्छ । आलेले एक प्लेट अरिङ्गालको परिकारलाई २५० मा बिक्री गर्छन् । “ग्राहकको माग पूरा गर्न सकेका छैनौँ,” उनले भने । अरिङ्गालको परिकारले औषधिको काम गर्छ । सदरमुकाम तानसेन, पोखरा, काठमाडौँ, तम्घास, बुटवललगायत ठाउँबाट अरिङ्गालको माग हुँदै आएको छ ।

रिब्दीकोट गाउँपालिका–४, भारकोटका ज्ञानबहादुर आलेले हालसम्म १८-१९ अरिङ्गालको गोला पोलेको बताए। भैरवस्थानमा प्रतिकिलो अरिङ्गाललाई र एक हजार २०० र तानसेनमा एक हजार रु ५०० मा बिक्री हुन्छ । अग्ला रुखमा अरिङगालले गोलो लगाउने भएकाले पोल्न समस्या हुन्छ ।-हाम्रा कुरा 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *