७ वर्षीय बालकको कमाइ २ अर्ब ४७ करोड: पत्याउनुहुन्छ ? हेर्नुहोस कसरी

२०७५ मंसिर १८, मंगलवार १३:४९ गते २०७५ मंसिर १८, मंगलवार १३:४९ गते २०७५ मंसिर १८, मंगलवार १३:४९ गते

सात वर्षको एक बालकले कति पैसा कमाउन सक्छ ? तपाईं भन्नुहोला यति सानो उमेरको बच्चाले पनि कहीँ काम गर्छ र पैसा कमाउनलाई ।

तर नन्हे रेयान सात वर्षका बालक हुन् । उनी हरेक हप्ता खेलौनाको रिभ्यू गरेर युट्यूबबाट राम्रो आम्दानी गरिरहेका छन् । रियानले गएको वर्ष ११ मिलियन डलर कमाएका थिए । तर यो वषै उनको कमाइ २२ मिलियन डलर अर्थात् २ अर्ब ४७ करोड रुपैयाँ भएको छ ।

उनको भिडियो युट्यूबमा करोडौं मानिसले हेर्ने गरेका छन् । उनी रेयान टोयजरिभ्यू नामको युट्यूब च्यानल चलाउँछन् ।

यो यूट्यूब च्यानलबाट रेयानले भ्यूअर्सलाई खेलौनाको दुनियामा लैजान्छन् । फोर्ब्स् म्यागाजिनले उनलाई सन् २०१७ मा अधिक भुक्तानी पाउनेको सूचीमा राखेको थियो ।

सन् २०१५ मार्चमा सुरु भएको रेयान टोयजरिभ्यूको भिडियो अहिलेसम्म १६ अरबभन्दा बढी मानिसले हेरिसकेका छन् ।

रेयानको एउटा भिडियो ९० करोड बढीले हेरेका छन् । सन् २०१५ को मार्चदेखि सुरु भएको युट्यूब च्यानलले सन् २०१६ को जनवरी मै १० लाखभन्दा बढी सब्सक्राइबर्स पायो । अहिले रेयानको च्यानलमा एक करोड बढी सब्सक्राइबर्स छन् ।

-उज्यालो अनलाइन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed