यस्तो छ शृङ्खलालाई ब्यूटी विथ पर्पज अवार्ड दिलाउने दुनियाँको (मन छुने भिडियो)

२०७५ मंसिर १८, मंगलवार २१:०३ गते २०७५ मंसिर १८, मंगलवार २१:०३ गते २०७५ मंसिर १८, मंगलवार २१:०३ गते

काठमाडौँ – चीनको सान्यामा जारी मिस वर्ल्ड प्रतिस्पर्धा अन्तर्गत नेपालकी प्रतिस्पर्धी शृङ्खला खतिवडाले महत्वपूर्ण अवार्ड जितेकी छन् । मिस नेपाल शृङ्खलाले ब्यूटी विथ पर्पज अवार्ड जितेकी हुन् ।उनले प्रतिस्पर्धामा सहभागी ११७ देशका सुन्दरीलाई पछि पार्दै अवार्ड जितेकी हुन् । मिस वर्ल्डमा सहभागी हुने सुन्दरीले समाजमा सकारात्मक प्रभाव पर्ने एक परियोजनामा काम गर्नु पर्ने व्यवस्था अनुसार शृङ्खलाले आफ्नो गृह जिल्ला मकवानपुरको चेपाङ्ग बस्तीमा स्वास्थ्य चौैकी र अरु भौतिक संरचना बनाएकी थिइन् ।

उनी आर्किटेक्चर हुन् र त्यहि ज्ञानको प्रयोग गरेर स्वास्थ्य चौकी तथा अरु भौतिक संरचना बनाएकी हुन् । यसअघि सन् २०१३ अर्थात पाँच वर्षअघि नेपालकी प्रतिस्पर्धी इशानी श्रेष्ठले प्रोजेक्ट स्माइल मार्फत ब्यूटी विथ पर्पज अवार्ड जितेकी थिइन् ।शृङ्खलाले भोटिङ्ग मार्फत छानिने मल्टिमिडिया अवार्ड पनि जितेकी छन् । दुई अवार्ड जितेकी उनी प्रतिस्पर्धाको टप ३० मा पर्न सफल भएकी छन् । यसअघि हेड–टू–हेडको दोस्रो चरणमा भने उनी पराजित भएकी थिइन् ।

मेच्चिकाली बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed