जिरो’(० )को नयाँ गीतमा शाहरुख र सलमानको यस्तो आश्चार्याजनक केमेस्ट्री ! {भिडियो}

२०७५ मंसिर १८, मंगलवार २२:२७ गते २०७५ मंसिर १८, मंगलवार २२:२७ गते २०७५ मंसिर १८, मंगलवार २२:२७ गते

शाहरुख खान, अनुष्का शर्मा र कटरीना कैफ स्टारर फिल्म ‘जिरो’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘इश्कवाजी’ गीतमा सलमान खान र शाहरुख खानको जोडी देख्न सकिन्छ । गीतको सुरुवात बोल्ड अन्दाजबाट हुन्छ । गीतमा कटरीना, शाहरुखलाई किस गर्दै देखिएकी छन् । यो खुसीमा शाहरुख जो फिल्ममा बउआ स‍िंहको रोल गरिरहेका छन्, ऊ झुम्दै देखिएका छन् । उनको खुसीमा साथ दिन्छन् सलमान खान, जो फिल्ममा केमियो रोलमा छन् ।

शाहरुख र सलमानको यस्तो केमेस्ट्री दर्शकले पहिला कहिल्यै देखेका थिएनन् । फ्यानका लागि यो सरप्राइज ट्रिटभन्दा कम छैन । दुईको ‘इश्कवाजी’ ले अहिले सोसल मिडियामा हंगामा मच्चाएको छ । यो गीत इरशाद कामिलले लेखेका हुन् भने अजय-अतुलले संगीत भरेका छन् । गीतमा आवाज सुखव‍िन्दर स‍िंह र द‍िव्य कुमारले दिएका छन् ।

यो फिल्म २१ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्मको बजेट १ सय ६० करोड बताइएको छ । फिल्ममा शाहरुखले मेरठका बउआ सिंहको भूमिका निभाएका छन्, जो पुट्के छन् । करीब ६ वर्षपछि शाहरुख, अनुष्का र कटरीनाको जोडी एउटै फिल्ममा देखिँदैछ । यसअघि यी तीनले फिल्म ‘जब तक हे जान’ मा काम गरेका थिए । ‘जिरो’ लाई आनन्द एल रायले निर्देशन गरेका हुन् ।

हरपल  बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed