के रातमा काम गर्दा क्यान्सर हुन्छ ?

२०७५ मंसिर १९, बुधबार १७:२९ गते २०७५ मंसिर १९, बुधबार १७:२९ गते २०७५ मंसिर १९, बुधबार १७:२९ गते

संसारमा कैयौँ यस्ता संस्था छन्, जहाँ रातको समय काम गर्नुपर्छ । नाइट सिफ्टमा पुरुषले मात्र नभएर महिलाले पनि काम गर्छन् । तर, लामो समयसम्म नाइट सिफ्टमा काम महिलाका लागि खतरा हुने चीनमा भएको एक अनुसन्धानले बताएको छ । नाइट सिफ्टमा लगातार काम गर्ने महिलामा विभिन्न क्यान्सरको सम्भावना बढेर जाने अनुसन्धानले देखाएको छ ।

चीनको छेन्दुस्थित सिचुआन युनिभर्सिटीको वेस्ट चाइना मेडिकल सेन्टरले नाइट सिफ्टमा काम गर्ने महिलाको विषयमा अनुसन्धान गरेको छ । उक्त अनुसन्धानले भनेको छ कि ‘नियमित घन्टौँसम्म नाइट सिफ्टमा काम गर्ने महिलामा क्यान्सरको समस्या १९ प्रतिशतले बढेर जान्छ ।’ अनुसन्धानकर्तामध्येका एक सुइलेइ माले रातमा काम गर्ने महिलाको अनुसन्धानपछि उनीहरूमा क्यान्सरको सम्भावना बढेर जाने निष्कर्ष निस्केको बताएका छन् ।

नाइट सिफ्टमा लगातार काम गर्ने नर्सहरूमा ब्रेस्ट क्यान्सर देखिएको र उनीहरूमा यस्तो क्यान्सरको सम्भावना पनि बढी रहने अनुसन्धानले देखाएको छ ।

क्यान्सर एपिडेमियोलोजी, बायोमार्कर एन्ड प्रिवेन्सन पत्रिकामा अनुसन्धानको तथ्य प्रकाशित भएको छ । अनुसन्धानले नाइट सिफ्टमा काम गर्ने महिलामा सम्भावित क्यान्सरको प्रतिशत पनि सार्वजनिक गरेको छ । उक्त अनुसन्धानअनुसार नाइट सिफ्टमा काम नगर्नेभन्दा काम गर्ने महिलामा ४१ प्रतिशत स्किन क्यान्सर, ३२ प्रतिशत ब्रेस्ट क्यान्सर र १८ प्रतिशत ग्यास्ट्रोस्टाइनल क्यान्सरको खतरा बढेर जान्छ ।

नयाँ पत्रिकाबाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *