अन्जु पन्तले ‘भ्वाईस अफ नेपाल’मा दिइएको उपहारको किन हुदैछ चर्चा ?

२०७५ मंसिर १९, बुधबार २१:१७ गते २०७५ मंसिर १९, बुधबार २१:१७ गते २०७५ मंसिर १९, बुधबार २१:१७ गते

ईटहरी/ नेपालि सांगीतिक आकाशमा अन्जु पन्त एक सदाबहार गायिकाको रुपमा ख्याति कमाएकी गायिका हुन् । उनको पुराना गीतहरु देखि लिएर हाल सार्बजनिक गीतहरु निक्कै हेरिने र सुनिने गर्छन । तर उनको समर्थक मात्रै हैन बिरोधि पनि छन् यहि देशमा । बिरोधको कारण हो धर्म परिवर्तन । पन्तले हिन्दु धर्मलाई त्यागेर ख्रिस्टीयन मान्न थालेदेखि उनका केहि फ्यानहरु नै बिरोधि भए । हालै फेरी त्यहि बिरोध वा आलोचनाको गन्ध सुरु हुने क्रममा छ ।

अन्तराष्ट्रिय फ़्रेञ्चाईज शो द भ्वाईस अफ नेपालमा अतिथिको रुपमा उनि हिजोको एपिसोडमा आएदेखि यदाकदा सामाजिक संजालमा उनको आलोचना हुन थालेको छ । उपस्थिति हुनुमा उनको आलोचना भने पक्कै हैन तर उक्त शोमा प्रस्तुति दिएका र बिदाई भएका प्रतिष्पर्धीहरुलाई दिएको मायाको चिनो सार्बजनिक नभएर हो । पन्तका फ्यान तथा समर्थकहरुले त उनको निरन्तर प्रसंशा र हौसलाई थपिरहेका छन् । शोमा प्रस्तुति दिएका प्रतिष्पर्धीहरुले पाएको मायाको चिनो खासै प्रष्ट नदेखिए पनि अन्त्यमा बिदाई भएका प्रतिष्पर्धीहरुलाई भने एक हजारको नोट मायाको चिनो स्वरुप दिएको प्रष्टै देखिन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed