आइनस्टाइनले ईश्वर र धर्मका बारेमा लेखेको पत्र बिक्यो ३३ करोडमा

२०७५ मंसिर २०, बिहीबार १२:३४ गते २०७५ मंसिर २०, बिहीबार १२:३४ गते २०७५ मंसिर २०, बिहीबार १२:३४ गते

आइनस्टाइनले ईश्वर र धर्मका बारेमा लेखेको पत्र ३३ करोडमा बिक्यो

विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले ईश्वर तथा धर्मका बारेमा लेखेको चर्चित पत्र अमेरिकाको लिलाम बजारमा २८ लाख ९० हजार अमेरिकी डलर९झण्डै ३३ करोड नेपाली रुपैयाँ० मा बिक्री भएको छ । यो पत्र आइन्स्टाइले आफ्नो मृत्यु हुनुभन्दा एक वर्ष पहिले लेखेका थिए ।

लिलाम बजारमा यो पत्रको सुरुवाति मूल्य १५ लाख रुपैयाँ डलर राखिएको थियो । दुई पेजको यो पत्र ३ जनवरी, १९५४ मा जर्मनीका दार्शनिक एरिक गटकाइन्डलाई लेखिएको थियो, जसले आइन्स्टाइनलाई आफ्नो पुस्तक ‘चूज लाइफस् द बिब्लिकल कल टु रिभोल्ट’ को एक प्रति पठाएका थिए ।

आइन्स्टाइनले पत्रमा लेखेका थिए, ‘मेरा लागि भगवान शब्दको अर्थ अरु केही नभएर अभिव्यक्ति र मानवीय कमजोरीको प्रतीक मात्रै हो । बाइबल एक पूजनीय किताब हो । तर अहिले पनि प्राचीन किम्वदन्तीकै संग्रह हो ।’ उनी पत्रमा लेख्छन्, ‘मेरो यो विचारमा परिवर्तन ल्याउन सक्ने न त कुनै व्याख्या छ, न त कुनै रहस्य नै रहेको छ ।’

आइन्स्टाइनले १७ औँ शताब्दीका यहूदी डच दार्शनिक बारुच स्पिनोजाको उदाहरण दिँदै आफूले पनि दैनिक जीवनमा मानवरुपी देवतामा विश्वास नराख्ने बताएका थिए । -उज्यालो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed