कोठा भाडामा बस्नेहरु ख्याल गर्नुस्, गोप्यरुपमा सीसी क्यामरा त जडान गरिएको छैन ?

२०७५ मंसिर २०, बिहीबार १२:४९ गते २०७५ मंसिर २०, बिहीबार १२:४९ गते २०७५ मंसिर २०, बिहीबार १२:४९ गते

कोठा भाडामा बस्नेहरु ख्याल गर्नुस्, गोप्यरुपमा सीसी क्यामरा त जडान गरिएको छैन ?

तपाई कोठाको खोजीमा हुनुहुन्छ वा कोठा भाडामा लिएर बसिरहनु भएको छ भने आफू बस्ने कोठाको राम्रोसँग जाँचबुझ गर्नुहोला !

कोठा भाडामा लगाउने घरधनीले कोठाहरुमा गोप्य रुपमा सीसी क्यामेरा जडान गरेको समाचारहरु बाहिरिएका छन् ।

भारत तामिलनाडुको राजधानी चेन्नाइको एक घरमा भाडामा बसेका युवतीहरुलाई थाहा थिएन की त्यस भवनमा केही गोप्य सीसी क्यामेरा जडान भएका छन् भन्ने ।  क्यामरा जडान गरिएको तथ्य युवतीहरुले निकै पछि थाहा पाए ।

भाडामा बस्ने एक युवतीले कपाल सुकाउनका लागि प्रयोग गर्ने मेसिन चलाउनका लागि प्लग सकेटमा लगाइन् । त्यसक्रममा प्लग टुट्यो र उनले त्यस बेलामा उनले त्यहाँ लुकाएर राखिएको क्यामेरा देखिन् । भित्तामा लुकाएर राखिएको क्यामरा देखेर उनी हैरान भइन् ।

यो विषय कोठामा बस्ने अन्य युवतीहरुसँग उनले भनिन् । त्यसपछि उनीहरु प्रहरीकोमा गए । प्रहरीले ४५ वर्षका घर धनी सम्पत कुमारलाई गिरफ्तार ग¥यो ।
सम्पतको घरमा यस्ता कयौं महिलाहरु बस्ने गरेका छन् ।

महिलाहरुले उजुरी दिएपछि घरको जाँचका लागि प्रहरी सम्पतको घरमा पुग्यो । जहाँबाट प्रहरीले लुकाएको अवस्थामा केही थान सीसी क्यामरा फेला पारेको छ ।

ती पुरुषले महिलाका गतिविधिलाई सीसी क्यामराको माध्यमबाट हेर्ने गरेका थिए । लोकान्तार/बिबिसी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed