अमेरिकामाथि रुसी राष्ट्रपति पुटिनको कडा चेतावनी, भने–मिसाइल बनाउँछौँ

२०७५ मंसिर २०, बिहीबार १३:२१ गते २०७५ मंसिर २०, बिहीबार १३:२१ गते २०७५ मंसिर २०, बिहीबार १३:२१ गते

अमेरिकासँगको शित युद्ध अन्त्य गर्ने क्रममा भएको सम्झौतामा प्रतिबन्ध गरिएका मिसाइल विकास गर्ने रुसले चेतावनी दिएको छ ।

अमेरिका शित युद्ध अन्त्य गर्ने बेला भएको सम्झौता आइएनएफ अर्थात इन्टरमिडिएट–रेन्ज न्युक्लियर फोर्स ट्रिटीबाट बाहिरिएमा आफूहरुले मिसाइल निमार्ण गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका हुन् ।

नेटोले मंगलबार रुसमाथि आइएनएफ उल्लंघन गरेको आरोप लगाएपछि पुटिनको यस्तो चेतावनी आएको हो । सन् १९८७ मा तत्कालीन सोभियत युनियन र अमेरिकाबिच भएको सन्धिपछि दुवै देशमाथि छोटो तथा मध्यम दूरीका मिसाइल प्रयोग र उत्पादनमा प्रतिबन्ध लागेको छ ।

तर नेटोले आफ्नो देशमाथि सन्धि उल्लंघन गरेको भनेर लगाएको आरोप सन्धिबाट अमेरिका बाहिरिने बहाना रहेको पुटिनको भनाई छ ।

टेलिभिजनमार्फत प्रशारण भएको प्रतिक्रियामा पुटिनले अरु धेरै देशले आइएनएफ अन्तर्गत प्रतिबन्धित आणविक हतियार निर्माण गरेको पनि बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed