यो चीज सुँघ्दा घट्छ तौल !

२०७५ मंसिर २१, शुक्रबार १३:३२ गते २०७५ मंसिर २१, शुक्रबार १३:३२ गते २०७५ मंसिर २१, शुक्रबार १३:३२ गते

तौल घटाउनु सजिलो कुरा हैन । त्यसका लागि सही डायट र व्यायाम अनि दृढ संकल्प आवश्यक हुन्छ ।  तर डायट र व्यायामबाहेक पनि केही चीजले तौल घटाउन सहयोग गर्छ । केही कुरा सुँघ्दा तौल कम हुन सक्छ ।

स्मेल एन्ड ट्रीटमेन्ट एन्ड रिसर्च फाउन्डेसनको एक अध्ययनअनुसार, बढी तौल भएका मानिसले भोक लाग्दा हरियो स्याउ र केरा सुँघ्दा उनीहरूको तौल नसुँघ्नेको भन्दा घटेको पाइयो ।  यस अध्ययनलाई पत्याउने हो भने न्युट्रल स्वीटको गन्धले भोकमा नियन्त्रण पाउन सकिन्छ । तपाईंसँग हरियो स्याउ वा केरा छैन भने पनि भेनिला सुँघ्न सक्नुहुन्छ ।

भिटामिन सी भरपूर रहेको यो साइट्रस फल खानुअघि सुँघ्दा पनि तौल घटाउने प्रक्रिया अनेकौं गुणाले बढ्छ ।

ओसाका विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले मुसामा गरेको अनुसन्धानमा मुसाहरूलाई मौसमअनुसारको फल सुँघाउँदा उनीहरूको भोक र तौल दुवै घटेको पाइयो । फलको सुगन्धले सीधै लिभर एन्जाइमसँग इन्टरएक्ट गर्छ ।

फ्लेवर नामक जर्नलमा सन् २०१२ मा प्रकाशित एक स्टडीअनुसार खानाको चर्को गन्ध आएमा तपाईं त्यो खानाको सानो सानो टुक्रा मात्र खान सक्छन् । चर्को फ्लेवर र गन्ध भएको खानेकुरा खाँदा तौल घट्छ । पीरो खुर्सानी खाँदा तौल
घट्छ ।

खाद्य रसायनसम्बन्धी जर्मन अनुसन्धान केन्द्रको एक अध्ययनअनुसार, एक्स्ट्रा भर्जिन ओलिभ ओयल सुँघ्दा पनि पेट भरिएको अनुभव हुन्छ । सुगन्ध भरिुएको ओलिभ ओयलमा दही हालेर मानिसलाई खुवाउँदा उनीहरूले कम क्यालोरी
लिए र उनीहरूको ब्लड सुगर दही नखाएको मानिसको भन्दा राम्रो थियो । ओलिभ ओयलमा स्वस्थ फ्याट हुन्छन् जसले पेटको बोसो घटाउन सहायता गर्छ ।  वेस्ट कोस्ट इन्स्टिट्युटले गरेको एक अध्ययनअनुसार, सूपको बोट चपाउँदा पनि भोक दबाउन सकिन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed