घोप्टो परेर सुत्नु स्वास्थ्यको लागि खराब, हेर्नुहोस उत्तम तरिका ।

२०७५ मंसिर २१, शुक्रबार १३:३४ गते २०७५ मंसिर २१, शुक्रबार १३:३४ गते २०७५ मंसिर २१, शुक्रबार १३:३४ गते
closeup.the tired men sleep soundly on the bed .photo with copy space

काठमाडौं । निद्राको महत्व सबैले बुझेकै कुरा हो । वयस्कलाई दैनिक ८ घण्टाको सुताइ र बालबालिकालाई १० देखि १२ घण्टा सम्मको सुताइ आवश्यक छ । तर पर्याप्त समय निदाएपनि सुत्ने तरिका खराब हुँदा यसले स्वास्थ्यलाई नकारात्मक असर पारिरहेको हुन्छ । विशेषगरी घोप्टो परेर सुत्दा ऐंठन हुने तथा पेटलाई अनावश्यक असर गर्ने गर्दछ । पाचन प्रणालीमा असर गर्ने देखि लिएर गर्दन तथा मेरुदण्डमा समेत असर पार्ने हुनाले घोप्टो परेर सुत्ने बानी तत्कालै सुधार गर्नु पर्दछ । सुत्नको लागि उत्तम तरिकाहरु यस्ता छन् ।
१. देब्रेपट्टी घोप्टो परेर सुत्ने देब्रे पट्टी घोप्टो परेर सुत्दा पेटमा रहेको एसिडिटी तत्व सन्तुलित हुन्छ । यसले पाचन प्रणालीलाई पनि सहयोग पार्छ भने यसरी सुत्दा गर्दनलाई अप्ठ्यारो हुँदैन । यसरी सुत्दा सहजताको लागि तकियालाई खुट्टाले च्याप्न पनि सकिन्छ ।
२. उत्तानो परेर सुत्ने डाक्डरहरु प्राय सबैलाई उत्तानो परेर सुत्न सल्लाह दिन्छन् । विशेषगरी गर्दन र मेरुदण्डको लागि यो पोजिसन उत्तम हुन्छ । पातलो तकिया टाउकोमा राखेर उत्तानो परि सुत्दा शरिरले पर्याप्त आराम पनि पाउँछ ।
३. कम्मरलाई आधार बनाएर सुत्ने देब्रेपट्टी फर्किदै खुट्टामा ठुलो तकिया राखेर सुत्दा शरिरको भार कम मार्ने पोजिसनमा सुत्दा पनि शरिरलाई आराम महसुस हुन्छ । यसरी सुत्दा भने टाउकोमा तकियाको प्रयोग नगर्नु राम्रो हुन्छ । तकिया राख्दा गर्दनलाई असर पार्ने सम्भावना रहन्छ ।
सरल पत्रिका

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed