जिसस क्राइस्टसँग बिहे गर्ने महिला को हुन् ?

२०७५ मंसिर २७, बिहीबार १४:०१ गते २०७५ मंसिर २७, बिहीबार १४:०१ गते २०७५ मंसिर २७, बिहीबार १४:०१ गते

काठमाडौं — जेसिका हेसले बिहेका लागि कपडा, पर्दा र औंठी ल्याइन् । तर उनी बिहेका लागि चर्चमा बिशपसँग उभिँदा दुलाहा कतै थिएनन् । खासमा जेसिकाको बिहे जिसस क्राइस्टसँग भएको हो ।

एकचालीस वर्षीया जेसिका कन्सिक्रेटेड भर्जिन अर्थात् पवित्र कुमारी हुन् । आफूलाई क्राइस्टकी पत्नीका रूपमा समर्पित गर्ने महिलालाई क्याथोलिक चर्चले यो उपमा दिने गरेको छ ।

यस समारोहमा महिलाले विवाहका बेला लगाउने सेतो कपडा लगाउँछन् । उनीहरू जीवनभरि पवित्र रहने कसम खान्छन् । अनि आफूहरूले कहिले पनि रोमान्टिक वा यौन सम्बन्ध नराख्ने वचन लिन्छन् ।

विवाहमा महिलाले एउटा औंठी पनि लगाउँछन् । त्यो जिसस क्राइस्टसँगको सम्बन्धको प्रतीक मानिन्छ ।

जेसिका भन्छिन्, ‘मलाई प्रायः सोधिन्छ : तिमी विवाहिता हौ ?’

‘म सानो उत्तर दिन्छु : म धार्मिक सिस्टर हुँ र मेरो समर्पण जिससप्रति छ ।’

कन्सिक्रेटेड भर्जिन कुनै पृथक् समुदायमा बस्दैनन् र दैनिक जीवनमा फरक परिधान लगाउँदैनन् । उनीहरू सामान्य जीवन बाँच्छन्, जागिर खान्छन् र आत्मनिर्भर हुन्छन् ।

अमेरिकाको इन्डियानास्थित फोर्ट वेनमा बस्ने जेसिका भन्छिन्, ‘म १८ वर्षदेखि शिक्षक छु । आफू पढेकै विद्यालयमा म पढाइरहेकी छु ।’

नपढाउँदाखेरी उनको समय प्रार्थना र तपस्यामा बित्छ ।

उनी एक बिशपलाई रिपोर्ट गर्छिन् र आफ्नो आध्यात्मिक सल्लाहकारसँग निरन्तर भेटघाट गर्छिन् ।

क्याथोलिक चर्चभित्रै पनि कन्सिक्रेटेड भर्जिनका विषयमा एकदमै कम व्यक्तिले थाहा पाउँछन् । चर्चले सार्वजनिक रूपमा यसको स्वीकृति दिएको ५० वर्षभन्दा पनि कम समय भयो ।

त्यसो त कुमारीहरू पहिलेदेखि नै चर्चको हिस्सा हुन् । इस्वी संवतको पहिलो तीन शताब्दीमा महिलाहरूले स्वयं ईश्वरलाई समर्पित गरेका थिए अनि ईश्वरप्रति बफादार रहनका लागि शहीद समेत भएका थिए ।

एग्नेस अफ रोमले पवित्रताको रक्षाका लागि शहरको गभर्नरसँग बिहे गर्न अस्वीकार गरेकी थिइन् ।

मध्यकालमा यो प्रथा चलेन किनकि मठसम्बन्धी धार्मिक जीवनलाई प्रोत्साहन प्राप्त भयो । तर सन् १९७१ मा यस प्रथालाई ओर्डो कन्सिक्रेसनिस भर्जिनम नामक दस्तावेजमार्फत नवजीवन प्राप्त भयो ।

यसै दस्तावेजको आधारमा भ्याटिकनले महिलाको चिरकौमार्यलाई चर्चभित्र जीवन बाँच्ने स्वैच्छिक तरिकाका रूपमा स्वीकार ग–यो ।

जेसिका आध्यात्मिक सल्लाहकारसँग भेटघाटपछि सन् २०१३ मा ईश्वरकी पत्नी भइन् । वैवाहिक अनुष्ठानको अन्त्यपछि उनले दण्डवत गरेर आफूलाई समर्पित गरिन् ।

सन् २०१५ मा गरिएको एक सर्वेक्षणअनुसार, संसारभरि चार हजार कन्सिक्रेटेड भर्जिनहरू छन् ।-लोकान्तर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *