यसरी चुम्बनले राख्छ स्वास्थ्य राम्रो

२०७५ पुष १, आईतवार १३:२७ गते २०७५ पुष १, आईतवार १३:२७ गते २०७५ पुष १, आईतवार १३:२७ गते

‘किस’ अर्थात चुम्बन  ले तपाईंको मुड प्रभावित गर्ने क्षमता राख्छ । हालै गरिएको अनुसन्धान अनुसार पूर्ण आवेशमा गरिएको ‘किस’ ले एउटा खास किसिमको जटिल रसायनलाई मस्तिष्क तर्फ पठाउँछ ।

अनि व्यक्ति आफूलाई बढी उत्तेजित, खुसी अथवा सहज अनुभव गर्छन्। स्वस्थ चुम्बन स्वास्थ्यको दृष्टिले पनि फाइदाजनक मानिन्छ।
अनुसन्धान अनुसार चुम्बनको समय हार्मोन मुखको माध्यमले एक अर्काको शरीरमा स्थानान्तरित हुन्छ र तत्काल असर गर्छ। चुम्बन वास्तवमा धेरै बढी जटिल शारीरिक प्रक्रिया हो र यो हार्मोनल परिवर्तनका लागि जिम्मेवारसमेत छ। अनुसन्धान अनुसार चुम्बनमा धेरै थोक घटित हुन्छ।

यो अनुसन्धानपछि विशेषज्ञ अब के जान्न चाहन्छन् भने दुई ओठको स्पर्शले मात्र कसरी मस्तिष्कले यति ठूलो भावनात्मक प्रतिक्रिया (इमोसनल रेस्पोन्स) दिन्छ। यसैले चुम्बनबारे अब अनुसन्धान हार्मोनको स्तरमा भइरहेको छ। यसै सिलसिलामा १५ जोडामा ‘आक्सिटोसिन’ र ‘कोर्टिसोल’ हार्मोनको स्तर चुम्बनभन्दा अघि र पछि परीक्षण गरियो। परीक्षणमा पाइयो, चुम्बनपछि आक्सिटोसिनको स्तरमा वृद्घि भएको थियो। आक्सिटोसिनले व्यक्तिमा एक अर्काको नजिक आउने इच्छा उत्पन्न गर्छ। यस्तै सहभागीहरूमा तनाव उत्पन्न गर्ने हार्मोन ‘कोर्टिसोल’ को स्तर तल झरेको थियो।

प्रेमको हार्मोन इष्र्याको हार्मोन आपसमा प्रेम हुनका लागि जिम्मेवार हार्मोन ‘आक्सिटोसिन’ ले नै जलन र बदलाको भावनालाई जगाउँछ।

आक्सिटोसिन प्रेमको हार्मोन हो। अब कुनै व्यक्ति राम्रो मुडमा छ भने आक्सिटोसिनले उसमा राम्रो सामाजिक भावना जगाउँछ। तर यदि कोई खराब मुडमा छ भने आक्सिटोसिनले गैरसामाजिक भावना जगाउन थाल्छ। इजरायलको हाइफा विश्वविद्यालयका शोधकर्ताहरूले गरेको अनुसन्धानअनुसार प्रेमका लागि जिम्मेवार आक्सिटोसिन हार्मोन नै जलन र बदलाको भावनाका लागि समेत जिम्मेवार हुन्छ।

स्मार्ट महिलासँग बिहेले आयु बढाउँछ। एउटी स्मार्ट महिलासँगको बिहेले के फाइदा हुन सक्छ? वास्तवमा धेरै बढी। अब एउटा अध्ययनले यसमा झन् ठूलो कारणसमेत जोडेको छ। अनुसन्धानअनुसार सुन्दर र चुस्त महिलाको साथले मृत्युदेखि तपाईंको दूरी बढाउन सक्छ।

स्टकहोमको स्वीडिस इन्स्िटच्युट फर सोसल रिसर्चका वैज्ञानिकहरूले १५ लाख पुरुष र महिलाको सम्बन्धबारे विस्तृत अध्ययन गरे। अध्ययनमा उनीहरूले के पाए भने लामो जीवनको राम्रो स्वास्थ्य र पुरुषको शिक्षासँग कुनै सरोकार छैन, महिलामा भने अवश्य छ। अध्ययन ३० देखि ५९ वर्षका व्यक्तिको सन् १९९० सालको जनगणनामा आधारित छ। यसमा स्मार्ट महिलासँग बिहे गरेका व्यक्ति बढी उमेरसम्म बाँचेका थिए। अध्ययनअनुसार कम पढे लेखेका व्यक्तिसमेत बढी बाच्छन्।

अध्ययनमा यो पनि पाइयो कि पुरुषको लामो जीवनमा उनीहरूको पढाइ लेखाइभन्दा श्रीमतीको पढाइले बढी महत्त्व राख्छ। जुन पुरुषका श्रीमतीहरू हाईस्कुलसम्म पनि पढेका थिएनन् उनीहरूको मृत्यु हुने आशंका ग्रयाजुएट पत्नी भएका पतिको दाँजोमा सवा गुनासम्म बढी भएको पाइयो।

श्रोत-कान्तिपुर डेली

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed