अमिताभ, शाहरुखलगायतले र्इशा अम्बानीको विवाहमा खाना पस्किनुकाे रहस्य यस्ताे पाे रहेछ !

२०७५ पुष १, आईतवार २०:३० गते २०७५ पुष १, आईतवार २०:३० गते २०७५ पुष १, आईतवार २०:३० गते

अमिताभ, शाहरुखलगायतले र्इशा अम्बानीको विवाहमा खाना पस्किनुकाे रहस्य यस्ताे पाे रहेछ !

यही डिसेम्बर १२ मा भारतका धनाढ्य व्यापारी मुकेश अम्बानीकी छोरी ईशा अम्बानी र आनन्द पीरामलको विवाह भयो यस विवाहलाई भारतकै अहिलेसम्मकै महंगो विवाह भएको बाताइएको छ ।

यस विवाहमा हलिउडदेखि बलिउडका कलाकारहरुसम्म बोलाइएको थियो । विवाहमा जति चर्चा अम्बानी परिवारको भयो त्यति नै चर्चा विवाहमा उपस्थित कलाकारहरुको पनि भयो ।

तीमध्ये बलिउडका महानायक अमिताभ बच्चन, शाहरुख खान, आमिर खान, ऐश्वर्या राय बच्चन लगायतका बलिउड कलाकारको एउटा भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएसँगै बलिउडका यी सुपरस्टारहरु सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन् ।

सार्वजनिक भिडियोमा ईशा अम्बानीको विवाहका दिन अम्बानीको एन्टीलिया हाउसमा अभिताभ बच्चन, शाहरुख खान, आमिर खान र ऐश्वर्या राय बच्चन पाहुनाहरुलाई खाना पस्किरहेका छन् ।

यो भिडियो सामाजिक सञ्जालमा अहिले चर्चामा रहेको छ भने बलिउडका यी कलाकारहरुले ईशा अम्बानीको विवाहमा पाहुनाहरुलाई खाना पस्किरहेको फ्यानहरुलाई चित्त बुझेको छैन ।

यसैबीच ईशा अम्बानीको विवाहमा बलिउड कलाकारले खाना पस्किनुको रहस्य अभिनेता अभिषेक बच्चनले खाेलेका छन् ।

अभिषेकले उनकी एक फ्यानले गरेको अमिताभ र आमिर किन खाना पस्कँदैछन् भन्ने प्रश्नको जवाफ दिँदै भनेका छन्, ‘यो गुजराती विवाहको परम्पराभित्रै पर्छ, जसलाई ‘सज्जन घोट’ भनिन्छ । जहाँ दुलहीका परिवारले दुलहाका परिवारका लागि खाना पस्कन्छन् ।’

source:ujyaaloonline.com

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *