काठमाडौंमा अत्याधिक चिसाे बढ्याे, तापक्रम २ डिग्रीमा , अाज पानी पर्ने सम्भावना

२०७५ पुष २, सोमबार १०:२३ गते २०७५ पुष २, सोमबार १०:२३ गते २०७५ पुष २, सोमबार १०:२३ गते

काठमाडौंमा अत्याधिक चिसाे बढ्याे, तापक्रम २ डिग्रीमा , अाज पानी पर्ने सम्भावना

काठमाडौं । काठमाडौंमा आज (साेमबार) बिहान अत्याधिक चिसो महशुस भएको छ । बिहान ५ बजे मापन गरिएको काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो तापक्रम यस वर्षकै सबै भन्दा कम हाे ।

यसअघि काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको थियो। तराईमा हुस्सु लाग्‍न सुरु भएको छ भने हिमाली जिल्लामा हिउ पर्नुका साथै पानी जम्‍न थालेको छ। हिमाल पारीका जिल्ला मनाङमा रात र बिहानमा तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म झर्न थालेपछि जनजीवन प्रभावित बनेको छ।\

जुम्लाको तापक्रम पनि वर्षकै न्यून मापन गरिएको छ। जुम्लाको सोमबार मापन गरिएको तापक्रम विवरण अनुसार माइनस ६ दशमलव ४ डिग्री छ। त्यसैगरी जिरीको तापक्रम माइनस ३, जोमसोमको शून्य र काठमाडौंको ३ डिग्री सेल्सियस मापन गरिएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *