फिलिपिन्सकी क्याट्रिओनाले जितिन् ‘मिस युनिभर्स २०१८’को उपाधि, टप टेनमै रोकियो नेपाल

२०७५ पुष २, सोमबार १०:३३ गते २०७५ पुष २, सोमबार १०:३३ गते २०७५ पुष २, सोमबार १०:३३ गते

फिलिपिन्सकी क्याट्रिओनाले जितिन् ‘मिस युनिभर्स २०१८’को उपाधि, टप टेनमै रोकियो नेपाल
एजेन्सी काठमाडौं, पुस २

मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छिन् ।

थाइल्याण्डको बैंककमा आज सम्पन्न फाइनल स्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज पहिरिएकी हुन् ।

त्यसैगरी दक्षिण अफ्रिकाकी तमारिन ग्रिन फस्ट रनरअप भएकी छन् भने र सेकेन्ड रनरअप भेनेजुयलाकी स्थेफानी गुइटेरेज भइन् ।

नेपालबाट सहभागी मनिता देवकोटा टप टेनमा पुग्न सफल भएकी छन्। अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन् ।

प्रतियोगितमा अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट पाँच छनौट गरी १५ जना र पाँचजना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो ।

फिलिपिन्सले यो प्रतियोगिताको ताज चौथो पटक जितेको हो । यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सले मिस युनिभर्सको ताज जितेका थियो ।

यसअघि विश्व सुन्दरी प्रतियोगितामा भाग लिएकी श्रृंखला खतिवडा टप १२ सम्म पुगेर बाहिरिएकी थिइन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *