काठमाडौं । चार दिनपछि बहुमूल्य धातु सुनको भाउ घटेको छ । गत बिहीबारदेखि हिजो आइतबारसम्म स्थिर रहेको सुन सोमबार (आज) तोलाको ५९ हजार ३ सय रुपैयाँमा झरेको छ ।
पछिल्ला चार दिन सुनको छापावाल सुनको भाउ तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको दाँजोमा आज तोलामा २ सय रुपैयाँ घटेको छ । गत बिहीबार ३ सयले घटेर तोलाको ५९ हजार ५ सय रुपैयाँमा झरेको सुनको भाउ त्यसको अघिल्लो दिन बुधबार भने २ सय रुपैयाँ घटेर ५९ हजार ८ सयमा कारोबार भएको थियो । तर, मंगलबार भने तोलाको ६० हजार रुपैयाँ पुगेको थियो ।
यसअघि गत कात्तिक २० गते पनि सुन तोलाको ६० हजार रुपैयाँ पुगेको थियो । त्यसयता यसको भाउ उतारचढावपूर्ण रहँदै आएको छ । अघिल्लो साता सोमबार ५९ हजार ४ सय रुपैयाँ, आइतबार ५९ हजार रुपैयाँ र शुक्रबार प्रतितोला ५८ हजार ५ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको दाँजोमा आज सोमबार छापावाल सुनको भाउ प्रतितोला २ सयका दरले घटेर ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको भाउ भने प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा झरेको छ । आइतबार तेजाबी सुन तोलाको ५९ हजार २ सय र चाँदी तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार पुस २ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ पुस १, मंसिर २९, २८ र २७ गते तोलाको ५९ हजार ५ सय रुपैयाँ थियो । मंसिर २५ मा भने तोलाको ६० हजार रुपैयाँसम्म पुगेको थियो । यसअघि मंसिर २४ गते ५९ हजार ४ सय, २३ गते ५९ हजार, मंसिर २, ३ र २० गतेको भाउ ५८ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो ।
पछिल्लो एक साताको मूल्यसूचीअनुसार मंसिर २५ मा छापावाल सुनको भाउ प्रतितोला ६० हजार ४ सय, मंसिर २६ मा ५९ हजार ८ सय, मंसिर २७, २८ र २९ तथा पुस १ मा ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । -१२ खरी
Views: 0