सबैले हेर्नैपर्नी ७ गलत धारणाः जसले टुट्न सक्छ वैवाहिक सम्बन्ध।

२०७५ पुष ३, मंगलवार १७:५५ गते २०७५ पुष ३, मंगलवार १७:५५ गते २०७५ पुष ३, मंगलवार १७:५५ गते

भनिन्छ, विवाह जिन्दगीको सबैभन्दा नजिकको सम्बन्ध हो । दाम्पत्य जीवनमा पति पत्नीले एक अर्काप्रति कस्तो व्यवहार गर्ने, सम्बन्ध र परिवारको बीचमा सन्तुलन कसरी राख्ने भन्ने बारे छलफल हुन आवश्यक छ ।

पति पत्नी बीचमा समझदारी र प्रेम भएन भने दाम्पत्य जीवन सुखमय हुन सक्दैन । वैवाहिक जीवनलाई कसरी सफल बनाउने भन्ने बारेमा हाम्रो समाजमा विभिन्न धारणाहरु ब्याप्त छन् ।

तर, यी सबै धारणाहरु सहि हुन्छन् र हामीले कुनै शुत्र झैं त्यसको पालना गर्नुपर्छ भन्ने छैन । समयसँगै कुनै धारणाहरु परिवर्तन हुँदै गएका छन् भने केही नयाँ नियम बनिरहेका छन् ।

बुढापाकाहरुले भन्ने गर्छन्, ‘विवाह स्वर्गमा नै तय भएको हुन्छ ।’ विवाहको बारेमा सबैभन्दा चर्चित सामाजिक धारणा यहि हो तर, यो धारणाको अर्को पक्ष के हो भने विवाह जहाँ तय भएपनि त्यसलाई निभाउन त यसै धर्तीमा पर्छ ।

अहिले पतिपत्नी बीच सम्बन्धविच्छेदको दर बढीरहेको छ । जुन रफ्तारमा सम्बन्धहरु टुटीरहेका छन् त्यसले वैवाहिक सम्बन्धबारे पुराना धारणाहरुलाई पनि ध्वस्त बनादिएका छन् ।

पक्कै पनि हरेक मानिस एकपटक वैवाहिक सम्बन्धमा बाँधिएपछि त्यसलाई जिन्दगीभर बचाउन चाहन्छन् । यसको बाबजुद पनि जिन्दगीमा सँधै आफूले चाहेको जस्तो हुँदैन नचाहँदा नचाँहदै पनि कतिपय सम्बन्ध बीचमै टुट्न सक्छ ।

विवाहलाई लिएर जति मिथक छन् वास्तविकताको धरातलमा ती मिथक विस्तारै गलत सावित भइरहेका छन् । त्यसैले समाजमा अझै पनि प्रचलित विभिन्न गलत धारणाहरुलाई त्यागेमा तपाईंले पनि आफ्नो दाम्पत्य जीवन सुखद र सुमधुर बनाउन सक्नुहुन्छ ।

धारणा १ः प्रेममा केही नभनेपनि धेरै चीज बुझ्न सकिन्छ

वास्तविकताः व्यक्त नगरिकन मनको कुरा बुझ्ने जीवनसाथी त फिल्मको पर्दामा वा उपन्यासको पानामा मात्रै हुन्छन् । आफ्नो इच्छा, आवश्यकता, अपेक्षालाई खुलेर बताएपछि मात्रै पार्टनरले त्यो तपाईंले सम्झाउन चाहे अनुसार नै बुझ्न सक्छन् ।

त्यस्तै बुझेपछि पनि त्यसलाई पुरा गर्नै पर्छ भन्ने कुनै ग्यारेन्टी छैन । त्यसैले जीवनसाथीलाई आफ्नो भावना, इच्छाहरुको बारेमा बताउनुहोस् । सम्बन्धमा तनावमुक्त रहने एकमात्र माध्यम संवाद हो र कुरा नगरि एकअर्काको मनको कुरा केही पनि थाहा हुँदैन भन्ने वास्तविकतालाई आत्मसात गर्नुहोस् ।

धारणा २ः दुवैले बराबर काम गर्नुपर्छ

वास्तविकताः यो कुरा नारीवाद विरुद्ध हुन सक्छ तर सत्य के हो भने विवाहमा सँधै दुई मा दुई जोड्दामात्रै चार हुँदैन । कहिलेकाँही एक पार्टनरले आफ्नो ८० प्रतिशत दिन्छन् तर अर्कोले २० प्रतिशतमात्रै दिन सक्छन् ।

यसको कैयौं कारणहरु हुन सक्छन् । बिरामी, तनाव, दबाब, थकान आदि । त्यसैले सँधै दुवैले बराबर काम गर्नुपर्छ भन्ने मान्यता त्यागिदिनुहोस् । घरेलु कार्यहरुलाई बराबर बाँड्नु कहिलेकाँही व्यवहारिक हुुँदैन ।

त्यसो भन्नुको मतलब सँधै एक जनाले मात्रै काम गर्ने भन्न खोजेको होइन । काम बाँड्नाले दम्पती खुसी हुन्छन् तर, यो नियमलाई मात्रै अन्तिम सत्य मात्रेर अगाडि बढ्न सकिँदैन । दुवैले बराबर काम गर्ने सोच्नुहुन्छ भने तपाईंहरु दुखी हुनुहुन्छ ।

धारणा ३ः पार्टनरलाई हरेक दुःख बताउनु हुँदैन

वास्तविकताः दुःखसँग एक्लै लड्न मुस्किल हुन्छ । साथै मिलेर मात्रै कुनै पनि समस्याको हल खोज्न सकिन्छ । विवाहमा सेयरिङ जरुरी छ र यो सोयरिङ सुख दुःखमा समान रुपले हुनुपर्छ ।

केही खास कुरा स्थितीमा पार्टनरलाई हरेक कुरा भन्न सकिँदैन । तर, सकेसम्म आफ्नो समस्याहरु पार्टनरलाई भन्नुपर्छ । तनाव, रोग वा कुनै व्यावसायीक समसयाबाट जुधिरहेको बेलामा सेयरिङले सम्बन्ध मजबुत हुन्छ ।

त्यस्तै दाम्पत्य जीवनको समस्याहरु कुनै तेस्रो व्यक्तिसँग गर्दा भने सतर्क हुनुहोस् । पार्टनरको करियर वा आर्थिक पक्षसँग जोडिएका कुनै समस्या अरु मानिसहरुसँग नगर्नुहोस् ।

धारणा ४ः विवाहले मानिसलाई पूर्ण बनाउँछ

वास्तविकताः विवाहबाट हरेक आवश्यकता पुरा हुँदैन । त्यसैले विवाहपछि सबैकुरा आफूले चाहेजस्तो हुँदैन । मानिसलाई पूर्णता आफ्नो काम र जीवनमा आफ्नो उद्देश्यबाट मिल्छ ।

मानिस सामाजिक प्राणी हो । उनीहरुलाई साथी नातेदारसँग भेटघाट गर्ने र आफ्नो सोख पुरा गर्ने आवश्यकता हुन्छ । विवाह जीवनको सबैभन्दा महत्वपूर्ण सम्बन्ध हो तर अन्य सम्बन्ध पनि जिन्दगीमा धेरै जरुरी छ ।

समूहमा रहने, रचनात्मक काम गर्ने र आफ्नो विचार बाँड्ने  गर्नाले पनि व्यक्तिलाई पूर्णताको महसुस हुन्छ ।

धारणा ५ः पार्टनरलाई उसको गल्ती बताएर त्यसलाई सुधार्न सकिन्छ

वास्तविकताः पार्टनरको गल्ती अवश्य बताउनुहोस् तर सँधै खोट लगाउने वा दोष दिने नगर्नुहोस् । सकरात्मक आलोचनाबाट मात्रै अरुको गल्तीलाई सुधार्न सकिन्छ । संवादबाट चीजहरु बदलिन्छन् ।

आलोचना गर्दा पार्टनरको राम्रो कुराहरु भन्न चैं नभुल्नुहोस् । आलोचनाको सही तरिका यहि हो । तपाईंको लक्ष्य जीवनसाथीलाई नीच देखाउने होइन बरु उनीहरुको गल्ती कमजारीलाई सुधार्ने हुनुपर्छ ।

धारणा ६ः फिलिंग्स छैन भने पार्टनर प्रति प्रेम पनि दर्शाउन सकिँदैन

वास्तविकताः विवाहले सिकाउने एक पाठ यो पनि हो कि कहिलेकाँही पार्टनरको लागि आफूलाई मन नलागेको कुरा पनि गर्नुपर्छ । कहिलेकाँही फिलिंग्स आँउदैन तर सम्बन्धलाई राम्रो बनाउनको लागि तपाईंले आफ्नो रुची नभए पनि उनीहरुले भनेको मान्नुपर्छ ।

पार्टनरको व्यवहार, बानी वा कुनै कुराले चित्त दुखाएको छ भने पनि कहिलेकाँही आफूले त्याग गर्नुपर्छ । प्रेम पाउनको लागि पहिले प्रेम दिनुपर्छ । सकरात्मक व्यवहार गरेमा मात्रै पार्टनरको मनमा पनि स्नेह जाग्छ । र, परिणामस्वरुप तपाईंको मनमा पनि उनीप्रति फिलिंग्स पैदा हुन्छ ।

धारणा ७ः पति पत्नी एकअर्काको मिल्ने साथी हुन्

वास्तविकताः केही जोडीहरुलाई देखेर उनीहरु एक अर्काको लागि नै बनेका हुन् जस्तो भावना पैदा हुन्छ । उनीहरुको मित्रता देखेर कतिपयले इष्र्या पनि गर्छन् तर मित्रता मात्रैले पनि विवाह सफल हुँदैन ।

मित्रतामा कहिलेकाँही मानिसहरु एकअर्कालाई आफूले जे गरेपनि हुन्छ जस्तो गर्छन् तर, विवाहमा यसले समस्या हुन सक्छ । विवाहमा एक अर्काको विचारको सम्मान गर्नु धेरै आवश्यक हुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *