क्षेप्यास्त्र परिक्षण गर्ने चेतावनी पश्चात अमेरिकाले उत्तरसँग छलफल गर्ने

२०७५ पुष ५, बिहीबार २१:३४ गते २०७५ पुष ५, बिहीबार २१:३४ गते २०७५ पुष ५, बिहीबार २१:३४ गते

उत्तर कोरियाले क्षेप्यास्त्र परिक्षण गर्ने चेतावनी दिएपछि अमेरिकाले उत्तर कोरियामाथि लगाएको नाकाबन्दी तथा भ्रमण प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धमा छलफल गर्ने भएको छ।

वासिङटनका उच्च अधिकारीहरुले बुधबार  दक्षिण कोरियामा उत्तर कोरियाली विषयमा समिक्षा गर्ने बताएका हुन्।उत्तर कोरियाका लागि अमेरिकी प्रतिनीधि स्टेफन बेगनले उत्तर कोरियामा प्रतिबन्ध हटाउने बारे अमेरिकाले समिक्षा गर्ने बताए। केही दिनअघि मात्र उत्तर कोरियाले आफूमाथि लगाएको प्रतिबन्ध नहटे क्षेप्यास्त्र निशस्त्रीकरण नगर्ने चेतावनी दिएको थियो।

उत्तरले क्षेप्यास्त्र परिक्षण गर्ने बताएको थियो। यसै वर्षको जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने ऐतिहासिक सम्झौता भएको थियो। तर त्यसयता अमेरिकाले उत्तर कोरियासँग आफूले लगाएको नाकाबन्दी र भ्रमण प्रतिबन्ध फुकाउने विषयमा कुनै औपचारिक छलफल गरेको छैन।

अमेरिका विना सर्त उत्तरले क्षेप्यास्त्र निशस्त्रीकरण गरोस् भन्ने पक्षमा रहेको छ। तर पछिल्लो समय उत्तर कोरियाले यीनै विषयहरुमा अमेरिकासँग असन्तुष्टी पोखिरहेको छ।

उत्तरले प्रतिबन्ध हटाउनुपर्ने बताउँदै आएको छ। अधिकारीहरुका अनुसार उत्तर कोरिया जस्तो गरिब मूलुकमा औषधीको अभावमा कुपोषणा लगायतका स्वास्थ्य समस्या छन्। अमेरिकी प्रतिबन्धले त्यहाँ गहिरो असर पुगेको बताइएको छ। सोहि कारणपनि उत्तरको प्रतिबन्ध हट्नुपर्छ।

-नेपाल खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *