नेपाल विद्यार्थी संघ बझाङकाे अधिवेशन नजिकिए सँगै नेवि संघ बझाङकाे सचिवमा हरिश्चन्द्र जाेशीकाे चर्चा चुलिएको छ । उनको अहिले बजारमा मात्र होईन गाउँ तथा टोल÷टोलमा चर्चा हुन् थालेको छ ।
चर्चा चुलिएसँगै नेवि संघ बझाङ सचिब पदमा उम्मेदवारी दिने मनस्थिती बनाएका छन् । स्कुलले जिवन देखी नै नेपाल विद्यार्थी संघको राजनितिमा सक्रिय हुँदै आएका जाेशीलाई सर्वसम्त सचिव बनाउनु पर्ने आवाज उठ्न थालेको छ । काम र नेतृत्व गर्न सक्र्ने क्षमता भएकै कारण नै उनको चर्चा हुन थालेको हो । विद्यार्थी नेतामा आफ्नो छुट्टै पहिचान बनाउन सफल जाेशी शान्त र मिलनसार स्वाभावका नेता मानिन्छन् ।
उनी बझाङका विद्यार्थीहरु माझ पनि उत्तिकै लोकप्रिय छन् । वि सं २०६७ सालमा सुनकुडा माबीमा सभापति भएर नेवि संघको राजनिति थालेका जाेशी, वि.स। २०६९ मा मङगल बहुमुखी क्याम्पसको इकाइ सचिव र वि।सं २०७० सालदेखी शंकरदेव क्याम्पसमा राजनीति गर्दै अायका जाशी विद्यार्थी माझ एमदमै लोकप्रिय छन् विद्यार्थीका हकहितका लागि लड्दै अायका छन् ।
नेवि संघको काम कुशलतापुर्वक जिम्मेवारी निर्वाह गरेकाले आफु स्वत् सचिव पदकाे दावेदार रहेको जाेशीले बताए । ‘देश, जनता, विद्यार्थीको शैक्षिक गतिविधि र लोकतन्त्रको वृद्धिविकासमा कृयाशिल विद्यार्थी राजनीति इतिहास मात्र होइन वर्तमान र भविष्य हो । संविधान निर्माणको यात्रासँगै देशले जितेको यो बेला सुन्दर वर्तमान र सुनौलो भविष्य निर्माण गर्ने समय हो । देशको सिंगो जिवनमा यात्रा गरेको लोकतन्त्र र लोकतन्त्र प्राप्तिकै एतिहासिक उतारचढावपुर्ण कालखण्ड जहाँ नेपाल विद्यार्थी संघ सङ्ग जिवन जोडिएको छ, ‘ शिक्षा लाई व्यावहारिक र युग सुहाउँदो अनुसार शिक्षामा भएका विकृति र विसंगति हटाउन आफ्नो उम्मेद्वारी घोषणा गरेका हु’–उनले भने ।
Views: 0