आर्यनले लुकाउन सकेनन् गेटअप

२०७५ पुष १०, मंगलवार १६:३७ गते २०७५ पुष १०, मंगलवार १६:३७ गते २०७५ पुष १०, मंगलवार १६:३७ गते

चलचित्र ‘हजार जुनी सम्म’को गीतको छायांकन सेटमा नायक आर्यन सिग्देल मिडियाको क्यामेरामा देखिन मानेनन् । उनलाई आफ्नो नयाँ गेटअप सार्वजनिक होला भन्ने डर खुबै थियो । यो डर उनमा मात्र थिएन, यसका निर्देशक विकासराज आचार्यमा पनि थियो ।

कारण, आर्यनको यो गेटअप एकैपटक फस्टलुकमा रिभिल गर्ने योजना उनको थियो । यसैले पनि आर्यन सिग्देल मिडियाबाट तर्किएर हिडिरहेका थिए । तर, नेपालका कलाकारलाई आफ्नो गेटअप सार्वजनिक गर्न खुबै खसखस हुन्छ । नायक आर्यन सिग्देललाई पनि यस्तै भएको देखिएको छ ।

नायक आर्यन सिग्देल अहिले चलचित्रको छायांकनका लागि पोखरामा छन् । पोखरामा रहेको समयमा भने उनको गेटअप छायांकन सेटबाट नै बाहिरिएको छ । आर्यनले लामो दाह्री र कपाल पालेका छन् । उनको कपाल केही मात्र फुलेको छ । दाह्रीको रंग पनि केही सेतो देखिएको छ । यसको अर्थ, आर्यन पागल प्रेमीको भूमिकामा चलचित्रमा देखिदैछन् ।

आर्यनको यो लुक्स सार्वजनिक भएपछि, निर्देशक विकासराज आचार्यको उनको गेटअप फस्टलुकमा मात्र सार्वजनिक गर्ने योजना कसरी अगाडि बढ्ला ?
-अनलाइन खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *