हाम्रो शरीरमा भएका दुई मृगौलाको काम भनेको शरीरमा भएका हानिकारक विषालु पदार्थहरूलाई छानेर पिसाबको मार्फत बाहिर फाल्नु हो। तर यदि मृगौलामा कुनै पनि समस्या आउन थाल्यो भने यसले राम्ररी आफ्नो काम गर्न सक्दैन, जसको कारण मृगौलाको पत्थरी हुने, मूत्रथैलीको क्यान्सर हुनुको साथै मृगौलाले कामै नगर्ने सम्म समस्याहरू देखिन सक्छन्।
गलत खानेबानी र कुनै-कुनै औषधीको असरले मृगौलामा समस्या आउन सक्छ। फेरि मृगौलाको समस्या भएको सुरुवातमा चिन्न मुश्किल पर्दछ, त्यसैले नै यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ।
– गलत खानपान – वंशाणुगत – मधुमेह – उच्च रक्तचाप – पिसाब सम्बन्धी समस्या – पाठेघर खस्नु – मृगौलामा पत्थरी, ट्युमर
– प्रोस्टेटको आकारमा बृद्धि – जन्मजात पिसाब नलीमा खराब – रगतमा दूषित पदार्थको प्रवाह – लामो समय पेनकिलरको प्रयोग
– शरीरमा पानीको कमी
– शरीर दुब्लाउँदै जाने – शरीरका विभिन्न अङ्ग सुन्निने – पिसाब कम हुने र पोल्ने – पिसाबमा रगत देखिने
– क्षणक्षणमा पिसाब भइरहने – थोरै हिँड्दा पनि थकाइ लाग्ने – सास फेर्न गाह्रो हुने – कोखा दुख्ने, ज्वरो आउने
– खानामा रुचि घट्ने – पिँडौलाको मासु फर्किने – वाकवाकी लाग्ने – छाला सुख्खा हुने र चिलाउने – उच्च रक्तचाप हुने
– रगतको मात्रा कम हुँदै जाने – महिनावारी समयमा नहुने – यौन रुचि घट्दै जाने – प्रजनन दरमा कमी आउने – ढाड र कम्मर दुख्ने
यो पनि पढ्नुस
एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।
यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।
एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।
महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।
यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।
कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।
धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।
mechikali bba
Views: 0