लक्ष्मी भगवान् भन्ने बित्तीकै हामी धनको देवी भन्ने बुझ्छौँ । मानिको जिवन निर्वाह गर्नको लागि धनको अति आवश्यक हुन्छ । शास्त्रको अनुसार,सबै दिशाहरू केही न केहि ग्रहसँग सम्बन्धित छन्। । घरको कुन दिशामा के चिज राख्दा लक्ष्मी प्रसंन्न हुन्छिन् धेरैलाई थाहा नभएको विषय हुन सक्छ । यदि तपाईको जन्म गते अनुसार सम्बन्धित दिशामा केहि वास्तुको चिजहरु राख्ने हो भने धेरैलाई हरेक प्रकारका लाभ मिल्ने हुन्छ ।
यदि तपाईको जन्म गते १२ छ भने १ं२.३ हुन्छ भने यसलाई मूल्यांकन ३ मान्नुहोस। यस्तै यदि तपाईको जन्म गते १५ छ भने १ं५.६ भने यसलाई मूल्यांकन ६ मानिन्छ। आज हामी तपाईलाई मूल्यांकन अनुसार घरको कुना दिशामा के राख्दा लाभ मिल्छ हेर्नुहोस।
मूल्यांकन १ को लगी शुभ दिशा पूर्व हो। यस प्रकारका व्यक्तिले पूर्व दिशामा घरमा बांसुरी राख्नु पर्ने हुन्छ। मूल्यांकन २ को लागि शुभ दिशा उत्तर–पश्चिम दिशा हो। यस प्रकारका व्यक्तिले उत्तर–पश्चिम दिशामा सेतो वस्तु जस्तै सेतो शंख,पथ्थर राख्नु राम्रो मानिन्छ।
मूल्यांकन ३ को लगी शुभ दिशा उत्तर–पूर्व दिशा हो। यस प्रकारका व्यक्तिले उत्तर–पूर्व दिशामा रुद्राक्ष राख्नु भएमा लाभ मिल्ने क्रम रोकिने छैन। मूल्यांकन ४ को लगी शुभ दिशा दक्षिण(पश्चिम दिशा हो। यस प्रकारका व्यक्तिले दक्षिण(पश्चिम दिशामा काँचले बनेको जे वस्तु राख्दा पनि हुन्छ। मूल्यांकन ५ को लगी शुभ दिशा उत्तर दिशा हो। यस प्रकारका व्यक्तिले उत्तर दिशामा लक्ष्मी अथवा कुवेरको मूर्ति राख्नु भएमा लाभ मिल्ने गर्छ।
मूल्यांकन ६ को लगी शुभ दिशा दक्षिण–पूर्व दिशा हो। यस प्रकारका व्यक्तिले दक्षिण–पूर्व दिशामा मयूरको प्वाख राख्नु भएमा शुभ मानिने गरिन्छ। मूल्यांकन ७ को लगी शुभ दिशा उत्तर–पूर्व दिशा हो। यस प्रकारका व्यक्तिले उत्तर–पूर्व दिशामा एक मुखे रुद्राक्ष राख्नु होला।
मूल्यांकन ८ को लगी शुभ दिशा पश्चिम दिशा हो। यस प्रकारका व्यक्तिले पश्चिम दिशामा कालो पथ्थर राख्नु भएमा लाभ मिल्ने हुन्छ। मूल्यांकन ९ को लगी शुभ दिशा दक्षिण दिशा हो। यस प्रकारका व्यक्तिले दक्षिण दिशामा पथ्थारले बनेको पिरामिड राख्नु होला।-मकालु खबर
Views: 0