काठमाडौँ । बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको हो ।
दुर्घटनामा ठेलामा चिया बेच्दै गरेका धादिङका दलबहादुर विसङ्खेको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा उनकी श्रीमती सान्नानी विसङ्खे गम्भीर घाइते भएकी छन् ।
महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले माटो बोकेर हिँडेको टिपर भित्तामा पल्टिँदा चिया बेच्ने विसङ्खे र उनका श्रीमतीलाई थिचेर घाइते बनाएकाे बताए ।
ठक्कर दिने ट्रिपर चालक सल्यानका अमरसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबाट ३ वटा ट्क्सीमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । रोकिराखेका ट्याक्सीलाई ट्रिपरले ठक्कर दिएको थियो ।न्युज २४
Views: 0