निर्मलाको निम्तिन्याय माग्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन

२०७५ पुष १४, शनिबार १९:२३ गते २०७५ पुष १४, शनिबार १९:२३ गते २०७५ पुष १४, शनिबार १९:२३ गते

कञ्चनपुर – कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रर्दशन गरिएको छ ।

विवेकशील साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’ ब्यानरमा शनिबार प्रधानमन्त्रीको सरकार निवास अगाडि बालुवाटार चोकमा प्रर्दशन गरिएको हो । ‘न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं’ भन्ने नारासहित उपस्थित प्रर्दशनकारीले शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी प्रशासनसहित गृहमन्त्री पनि असक्षम भएको दाबी गरे ।

उनीहरुले आपराधीक कार्यको अनुसन्धान गर्न प्रहरी असक्षम भएकाले प्रहरीलाई तत्काल अपराध अनुसन्धान सम्बन्धी विशेष तालिन दिन पनि माग गरे । पन्तको बलात्कार पछिको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न माग गर्दे काठमाडौंलगायत देशभर दिनहुँ प्रर्दशन भइरहेका छन् ।

तर घटनाको पाँच महिना बितिसक्दा पनि सरकारले दोषी पक्राउ गर्न सकेको छैन । प्रहरीले अनुसन्धानको नाममा र्निदोषलाई नियन्त्रणमा लिई यातना दिएर अपराध कबुल गराउन लागि परेको भन्दै विरोध हुँदै आएको छ ।

पछिल्लो समय प्रदीप रावल र विशाल चौधरीलाई अपराध कबुल गर्न दवाव दिँदै प्रहरीले चरम यातना दिने काम गरेको भन्दै अधिकारकर्मीहरुले मानवअधिकार रक्षाप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।-उज्यालो अनलाइन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *