टर्कीको फुटबल क्लब ग्यालातासारेले आफ्ना एक डिफेन्डरलाई झुटो बोलेर घुम्न निस्किएका कारण कारवाही गर्ने भएको छ ।
रिपोर्टका अनुसार क्लबले डिफेन्डर सरदार अजिजलाई यो वर्षको ट्रान्सफर लिस्टमा राखेको छ । वास्तवमा, अजिजले केही दिनअघि पेटमा संक्रमणको बहाना बनाएर सिवासपोर समूहविरुद्धको खेल खेल्न अस्विकार गरेका थिए । यद्यपी, त्यसको केही समयपछि अजिज र उनकी श्रीमतीको माल्दिभ्स भ्रमणको तस्बिर सोसल मिडियामा भाइरल भयो । त्यसपछि नै क्लबले अजिजलाई ट्रान्सफर गर्ने निर्णय गर्यो ।
श्रीमतीले राखेकी थिइन् इन्स्टाग्राममा फोटोः
सोसल मिडियामा भाइरल भएको फोटो अजिजकी श्रीमती तुगसेले नै आफ्नो इन्स्टाग्राम अकाउन्टमा राखेकी थिइन् । यसमा अजिजलाई माल्दिभ्सको समुन्द्र नजिकै रमाइलो गरिरहेको देख्न सकिन्छ । त्यसपछि प्रयोगकर्ताले स्क्रिनसट लिएर उनको फोटो भाइरल गरे । गल्ती गरेको महसुस भएपछि तुगसेले सबै फोटो डिलिट गरिदिइन् तर त्यतिबेलासम्म ढिला भइसकेको थियो ।
तालिम लिन पाउने छैनन्ः
रिपोर्टका अनुसार ग्यालातासारेले अजिजलाई टिमबाट हटाउने निर्णय नै गरिरहेको छ । उनलाई जनवरीमा हुने ट्रान्सफर विन्डोमा पनि समावेश गरिएको छ । यो क्रममा क्लबले उनलाई आफ्नो ट्रेनिङ सेसनमा आउन पनि रोक लगाएको छ । अजिजले टर्कीका लागि १६ अन्तर्राष्ट्रिय खेलमा भाग लिइसकेका छन् । उनले सन् २०१६ मा ग्यालातासारे अनुबन्धित भएका थिए । अहिलेसम्म क्लबका लागि खेलिएका ३० खेलमा उनले दुईवटा गोल गरेका छन् ।-रातो पाटी
Views: 0