ट्रम्प, पुटिन, खाशोज्जीसँगै राहुल, प्रिया, पृथ्वी पनि २०१८ का चर्चित अनुहार

२०७५ पुष १६, सोमबार १३:५० गते २०७५ पुष १६, सोमबार १३:५० गते २०७५ पुष १६, सोमबार १३:५० गते

बीबीसी । १९८९–१९९३ सम्म अमेरिकाका राष्ट्रपति रहिसकेका जर्ज डब्ल्यू बुश, भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयी, साहित्यको नोबेल पुरस्कार विजेता वी.एस. नायपाल, पाकिस्तानी मानवाधिकारकर्मी असमा जहाँगीर, संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नान, ब्ल्याक होल र बिग ब्याङ्ग थ्योरी बुझाउन महत्वपूर्ण योगदान पुर्याएका वैज्ञानिक स्टीफन हाकिंगसहित कयौं व्यक्तिहरुको २०१८ मा यो संसारबाट विदाई भएको छ । जसका कारणले मानवजातिले केही ठूला परिवर्तन देख्न पाएका थिए ।

तर एक मृत्युले विश्वभर भइचालो ल्याइदियो । ति व्यक्ति हुन् पत्रकार जमाल खाशोज्जी, जसको २ अक्टोबरमा टुर्कीको इस्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासमा हत्या गरिएको थियो । साउदी अरबका क्राउन प्रिन्स सलमानको इसारामा पत्रकार खाशोज्जीको हत्या गरिएको कयौं संकेतहरु फेला परिसकेका छन् ।

सोही कारण एकतातिर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि साउदी अरबसँग दूरी बनाउने दबाव पर्यो भने अर्कोतिर रूसका राष्ट्रपति भ्लादिमीर पुटिन प्रिन्स सलमानका साथ जोशिलो ढंगले भेटेको देखियो । र अनुमान लगाइयो साउदी अरब रूस निकट भइरहेको छ । अर्थात खाशोज्जीको हत्याका कारण विश्वका दुई ठूला मुलुक फेरि एक पटक वर्चश्वको लडाईमा आमुने–सामुने देखिए ।

डोनल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प वर्षभर विभिन्न कारणले गर्दा चर्चामा रहे । यस वर्ष उनले उत्तर कोरियाली नेता किम जोङ–उनसँग गरेको शिखर वार्ताको चर्चा विश्वभर छायो । उक्त वार्तापछि किमको आक्रमकतामा पनि कमी देखियो ।
किम जोङ–उन झण्डै दुई वर्ष अगाडिबाटै लगातार मिसाइल परीक्षणको दाबी गर्दै आएका थिए । विशेष गरी ति ब्यालेस्टिक मिसाइल जसले अमेरिकी भूमीसम्म पुग्ने क्षमता राख्दथे र जसमा परमाणु बम लैजान सक्ने क्षमता थियो ।

गत जुन महिनामा दुबै नेताहरुका बीचमा शिखर वार्ता भएपनि उत्तर कोरियामा सेप्टेमबरमा आयोजित ७० औं स्थापना दिवसको परेडमा मिसाइलहरु देखिएनन् र किम जोङ–उनले त्यस अवसरमा कुनै भाषण पनि दिएनन् ।

भ्लाद्मिर पुटिन

फोब्र्सले हरेक वर्ष विश्वभरमा कुनै ठूलो परिवर्तनको कारक बन्ने व्यक्तिहरुको चयन गर्दै आएको छ । त्यस्ता ७५ महिला र पुरुषको सूचीमा २०१८ मा मात्रै नभएर विगत तीन वर्षबाट भ्लादिमीर पुटिन शीर्ष स्थानमा रहँदै आएका छन् । फोब्र्स उनलाई विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिको सूचीमा शीर्ष स्थानमा राखेको छ ।

राहुल गान्धी

२०१८ मा भारतीय राजनीतिमा अत्याधिक चर्चामा रहेको नाम हो– राहुल गान्धी ।

विगत चार वर्षदेखि भारतीय राजनीतिमा एक मात्र नाम गुञ्जिदै आएको थियो । जुन मान थियो, नरेन्द्र मोदी र उनको एउटा नारा थियो ‘कांग्रेस मुक्त भारत’ । तर २०१८ मा भएको विधानसभा चुनावमा मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा विजय भएसँगै कांग्रेस सरकार गठनका कारण राहुल गान्धी पार्टीमा नयाँ सञ्चार दिन सफल भए ।

निर्वाचन परिणामले नरेन्द्र मोदी नेतृत्वको भाजपाको यसअघिको जनाधारमा कमी आएको देखिन्छ । यसै कारण पनि २०१९ मा हुन गइरहेको लोकसभा चुनाव अत्यन्तै रोमाञ्चक हुने जानकारहरु बताउँछन् ।

इमरान खान
भारतको छिमेकी मुलुक पाकिस्तानमा अगस्ट महिनामा इमरान खान प्रधानमन्त्री बने । २५ जुलाईमा भएको चुनावमा पीटीआई पाकिस्तानको सबैभन्दा ठूलो पार्टीका रुपमा देखियो । यद्यपि आफ्नै बलबुतामा सरकार बनाउन केही सिटहरु कमी भएपनि पछि उनी बहुमत साबित गर्न सफल भए । पाकिस्तानी संसदमा १७३ बहुमतको आंकडा हुन्छ । तर संसदमा भएको भोटिङमा इमरान खानले त्यो भन्दा अधिक अर्थात १७६ मत प्राप्त गरे ।

नवजोत सिंह सिद्धू
भारत र पाकिस्तानबीचको तनावपूर्ण सम्बन्धका बीच नवजोत सिंह सिद्धू मित्रताको सन्देश बोकेर इमरान खानको शपथ ग्रहण समारोहमा सहभागी हुन पाकिस्तान गए । तर पाकिस्तान यात्रालाई लिएर भारतमा उनको कडा आलोचना भयो ।

नवजोत सिंह सिद्धूको आलोचना प्रति इमरान खानले प्रश्न गरे, ‘‘सिद्धूले कुन अपराध गरिरहेका छन् । उनी त ति दुई देशका बीच मित्रता बढाइरहेका छन्, जो सँग एटमी हतियार छन् यि दुई देशका बीचमा युद्ध हुन सक्दैन भने एक साथ किन अगाडि नबढ्ने’’
उनले यसतसम्म भने कि, ‘‘सिद्धू तपाईं पाकिस्तानमा आएर चुनाव लड्नुस्, जित्न हुन्छ, विशेष गरेर पंजाबमा’’ । इमरानको निमन्त्रणमा सिद्धू करतापुर साहिब करिडोरको शिलान्यासको अवसरमा पनि पाकिस्तान गएका थिए ।

तनुश्री दत्ता
बलिउड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरमाथि यौन शोषणको आरोप लगाइन । जसलाई सामाजिक सञ्जालमा भारतको मिटू (३ःभत्यय० अभियान भनियो ।
बलिउड अभिनेत्रीले सञ्चार माध्यममा पहिलो पटक यौन शोषणका विरुद्ध आवाज उठाएको यो नै पहिलो घटना बन्यो । तनुश्री दत्ताका अनुसार फिल्म ‘हर्न ओके प्लीज’ को सुटिङका दौरान नाना पाटेकरले यौन दुव्र्यवहार गरेका थिए ।

मिताली राज
भारतकी बहुचर्चित महिला क्रिकेटर मिताली राजलाई टी–२० वल्र्ड कपको सेमीफाइनलमा मैदानमा उतारिएन । भारतीय टोलीले २० ओभर पनि खेल्न सकेन । उ १९.२ ओभरमा केवल ११२ रनमा समेटियो । इंग्ल्याण्डले भारतीय टोलीलाई नराम्ररी पराजित गर्यो । मितालीलाई टोलीबाट बाहिर राख्ने टीम म्यानेजमेन्टको फैसलाको कडा आलोचना भयो ।
पछि मिताली राजले बीसीसीआईलाई पत्र लेखेर कोच रमेश पोवारमाथि कयौं आरोपहरु लगाइन् । मितालीको आरोपकै कारण कोच पोवारको कन्ट्रयाक्ट रिन्यू गरिएन । उनको स्थानमा डब्ल्यू वी रमनलाई टीमको कोचमा नियुक्त गरियो ।

कृष्णा कुमारी
पाकिस्तानको आम चुनावमा पाकिस्तान पीपुल्स पार्टीका तर्फबाट विजयी हिन्दू सांसद कृष्णा कुमारीलाई बीबीसीले विश्वभरका एक सय प्रभावशाली महिलाहरुको सूचीमा राख्यो । कृष्णा पाकिस्तानमा मानवाधिकारका लागि आवाज उठाउने महिलाका रुपमा चिनिन्छिन् । उनी पाकिस्तानमा हिन्दू दलित समुदायकी पहिलो महिला सीनेटर हुन् ।
कृष्णाले पाकिस्तानमा बंधुआ मजदुर र महिला समस्यामा वर्षौंसम्म संघर्ष गरेकी छिन् । कृष्णा र उनको परिवारले तीन वर्षसम्म आफू पनि बंधुआ मजदुरी गरेको थियो । उनको परिवार प्रहरीको सहायतामा मुक्त भएको थियो ।

डोना स्ट्रिकल्याण्ड
२०१८ मा डोना स्ट्रिकल्याण्ड भौतिकीको क्षेत्रमा ५५ वर्ष पछि नोबेल पुरस्कार विजेता महिला बनिन् । क्यानाडाकी डोना भौतिकीको क्षेत्रमा यो अवार्ड जित्ने तेस्रो महिला हुन् । उनीभन्दा अगाडि मेरी क्यूरीलाई १९०३ र मारिया गोपर्ट–मेयरलाई १९६३ मा भौतिकीको नोबेल प्राप्त भएको थियो ।

प्रिया प्रकाश वारियर:एक भिडियोमा आफ्नो अभिनयबाट देश–दुनियामा छाउन सफल भारतीय अभिनेत्री प्रिया प्रकाश वारियर भारतमा रातारात चर्चित भइन् । प्रियालाई आँखा झिम्क्याइएको उनको भिडियोका लागि गुगलमा धेरै नै सर्च गरियो ।
सञ्चार माध्यमले पनि उनको तस्बिर र उनीसँग सम्बन्धित कयौं समाचारहरु लगातार प्रकाशन–प्रशरण गरिरहे । उनी लगातार कयौं दिनसम्म टप ट्रेण्डमा रहिन ।-१२ खरी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *