बर्दियामा चोरी भएको खसी भेटियो नेपालगञ्‍जमा

२०७५ पुष १८, बुधबार २०:२२ गते २०७५ पुष १८, बुधबार २०:२२ गते २०७५ पुष १८, बुधबार २०:२२ गते

नेपालगञ्‍ज-छिमेकी जिल्ला बर्दियामा चोरी भएको खसी बाँकेको नेपालगञ्जमा फेला परेको छ।

दाङ घोराही उपमहानगरपालिका–४ घर रहेका राजेश चौधरीले बर्दियाको बारबर्दिया नगरपालिका–८, चौकीपुरबाट चार वटा खसी चोरेर नेपालगञ्ज ल्याई बिक्री गरेका हुन्।

चौकीपुरका कृष्णबहादुर थापाको खोरमा रहेको चार वटा खसी दुई दिनअघि १६ गते चोरी भएको थियो।

खसी दुई वटा सेतो र दुई वटा रातो रंगका थिए । थापाले खसी चोरी भएको उजुरी स्थानीय बानियाभार प्रहरी कार्यालयमा उजुरी गरे। बानियाभार प्रहरीले नेपालगञ्जमा खसी बिक्री भएको हुन सक्ने भन्दै वडा प्रहरी कार्यालय, नेपालगञ्जलाई खबर गर्‍यो।

वडा प्रहरी कार्यालयले सम्भावित स्थानहरुमा खोजतलास गर्दा बुधबार देवाफूलवारीमा एउटा र घरबारीटोलबाट तीन वटा खसी बरामद गरेको हो। प्रहरीले खसीचोर चौधरीलाई पनि नियन्त्रणमा लिएको छ।

बर्दियाबाट राती खसी चोरेर अटोरिक्सामा राखेर चौधरीले नेपालगञ्ज ल्याएका थिए। यहाँ ल्याएर उनले सस्तोमा खसी बेचेका थिए। ५ देखि ७ हजारमा २०÷२२ किलो खसी बेचेको प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए।

चौधरीले खसी बेचेर मोबाइलसमेत किनिसकेका थिए। वडा प्रहरी कार्यालयले बुधबार नै खसी बर्दिया पठाइदिएको छ भने चोरलाई आवश्यक कारबाहीका लागि उतै पठाइदिने तयारी गरेको छ।

चोरको कुनै सीमा हुँदैन भन्‍ने कुरालाई यस घटनाले चरितार्थ गरेको छ। चौधरीले बर्दियाको एउटा कुनाबाट रातारात खसी चोरेर नेपालगञ्ज बजारमा ल्याई बिक्री गरी मोबाइलसमेत किनिसकेका थिए।-देश संचार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *