रातमा निन्द्रा नलागेर चिन्तित हुनुहुन्छ? यसो गर्नुहोस १ मिनेटमै मस्त निन्द्रा पाउनुहुनेछ।

२०७५ पुष २०, शुक्रबार १८:२८ गते २०७५ पुष २०, शुक्रबार १८:२८ गते २०७५ पुष २०, शुक्रबार १८:२८ गते

दिनभरिको भागदौड, थकान र काम पछि शरीरलाई आराम दिने एउटा महत्वपुर्ण तरीका हो निन्द्रा । दिनभरीको थकान र तनावले गर्दा हाम्रो शरीर थाकेपनि, मस्तिष्कमा नानाथरी कुराहरू खेलिरहेका हुन्छन् जसले गर्दा निन्द्रा लाग्न धेरै समय लाग्ने गर्दछ।

अमेरिकी निन्द्रा विशेषज्ञ ‘डा. एण्ड्रिउ विल’ ले आफ्नो अनुसन्धानमा निन्द्रा लाग्ने र नलाग्ने बारेमा केहि लेखेका थिए । उनले १ मिनेटमै कसरि निन्द्रा पर्ने भन्ने कुरामा सोधपत्र तयार पारेर यस्ता ५ निम्न तरीका उल्लेख गरेका छन् ।

यो विधिमा ४-७-८ को नियम लागू हुन्छ, यसको लागि कुनै बाह्य साधनको जरूरत पर्दैन र तपाईँले जहाँ बसेर पनि यसलाई अभ्यास गर्न सक्नुहुन्छ। डा. विलका अनुसार, जति धेरै अभ्यास गर्यो त्यति नै आराम पाउन सकिन्छ र यसले तपाईँको रिसलाई नियन्त्रण गर्न पनि मद्दत गर्दछ।

यो अभ्यास गर्दा ढाडलाई सीधा बनाउनुहोस् र पाइतालाले भुईँमा सीधा राख्नु पर्छ

१. मुखबाट सबै हावा बाहिर निस्कने गरि लामो स्वास फाल्नुहोस्।

२. त्यसपछि मुख बन्द गरेर नाकबाट बिस्तारै स्वास भित्र लिनुहोस् र मनमनै ४ सम्म गन्नुहोस्।

३. त्यसपछि स्वासलाई रोक्नुहोस् र मनमनै ७ सम्म गन्नुहोस्।

४. त्यसपछि फेरि मुखबाट सबै हावालाई बाहिर निस्कने गरि ८ गनुन्जेलसम्म स्वास फाल्नुहोस्, यसरी बाहिर फाल्दा आवाज निस्कनुपर्ने हुन्छ।

५. यति गर्दा एक स्वासप्रश्वास पूर्ण हुन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *